प्रहरीको छापामारीविरुद्ध व्यापारीहरु

Posted on
  • Oct 2, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १६ असोज/ जिल्ला प्रहरी कार्यालय, पर्सर्ााे टोलीले अनाधिकृत र गैरकानुनी ढंगले एक हार्डवेयरमा छापामारी गरेका घटनाप्रति वीरगंजका उद्योगी-व्यापारीले विरोध पर््रदर्शन गरेका छन् ।
    आज बिहान वीरगंजको आदर्शनगरस्थित आनन्द अग्रवालको नटबोल्ट बनाउने इसा हार्डवेयरमा ज्रि्रका पर्सर्ााट आएका ५ भ्यान प्रहरीले सम्बन्धित प्रतिनिधिहरुको रोहबर बिना नै छापामारी गरी सिल लगाए पछि उद्योगी व्यापारीहरु आक्रोशित भएका हुन् ।
    वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि, आन्तरिक राजस्वका प्रतिनिधि लगायत सम्बन्धित निकायका प्रतिनिधिहरुको रोहबरबिना नै अनाधिकृतरुपमा छापामारी गरी सिल लगाउनु उचित नभएको हार्डवेयरका संचालक अग्रवालले बताए ।
    केही दिन अगाडि प्रहरीलाई दशैमा आर्थिक सहयोग नगरेकोमा सो छापामारी गरेकोसमेत अग्रवालले आरोप लगाउदै भने यसरी दशैंको मुखमा अनाधिकृतरुपमा गैरकानुनी ढंगले छापामारी गर्नु उचित होइन ।
    छापामारीको क्रममा जिल्ला प्रहरी कार्यालय पर्सर्ाा प्रनि केपी शर्माले स्थानीय संचारकर्मी र व्यापारीहरुप्रति अभद्र व्यवहारसमेत गरेका थिए । सो घटनाको विरोधमा आजै वीउवासंघका अध्यक्ष गणेश लाठको नेतृत्वमा स्थानीय उद्योगी, व्यापारी, संचारकर्मीको एक टोलीले जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा प्रनि केपी शर्माविरुद्ध डेलिगेशन बुझाएका छन् ।

    0 comments: