चोर, चाइ र पाकेटमारको बिगबिगी

Posted on
  • Oct 1, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज,१५ असोज/ दशैको नवरात्रि शुरु भएपछि वीरगंमा चोर, पाकेटमार र चाइहरुको बिगबिगी बढेको छ ।
    चाडबाड लागेपछि भारतको सीमावर्ती क्षेत्रबाट प्रोफेसनल चाइहरु नेपाल भित्रिएका छन् । स्थानीय चोरहरु भन्दा चोर्न निकै सिपालु भइसकेका त्यस्ता चोर, चाइ, पाकेटमारदेखि र्सतर्क नरहे दशै दशा बन्न बेर छैन ।
    विहान सबेरैदेखि पूजाआजाका लागि शक्तिपीठहरु माइस्थानस्थित गहवामाइको मन्दिर, बिर्तामाइ, बौधीमाइ लगायतका मन्दिरहरुमा पूजाआजा गर्ने दर्शनार्थीहरुको पाकेट मार्ने क्रम बढेको छ ।
    त्यस्तै महिलाहरुले महंगो सुनका गरगहना लुट्ने दाउमा उनीहरु रातभरि नै डुलिरहेका छन् ।

    र्‍याली सम्पन्न

    वीरगंज, १५ असोज/ ँस्वास्थ्य स्वयंसेवकको सेवा, स्वस्थ्य समाजको लागि टेवा’ भन्ने नाराका साथ पांचौ राष्ट्रिय महिला स्वयंसेविका दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय, पर्सर्ाा वीरगंजको घण्टाघरबाट निकालेको र्‍याली नाउक्ष्ँे अस्पतालमा पुगी सम्पन्न भयो ।
    र्‍यालीपछि सम्पन्न कोणसभामा जिल्ला जनस्वास्थ्य कार्यालय, पर्सर्ाा प्रमुख योगेन्द्रप्रसाद भगत, शत्रुघ्न यादव, पत्रकार युवराज खड्का, राधा कार्की, सुभाषकुमार गुप्तालगायत स्वास्थ्यकर्मी, चिकित्सकहरुको सहभागिता रहेको थियो ।

    शुभकामना तथा पुस्तक लोकार्पण

    वीरगंज, १५ असोज/ विजया दशमी, इद तथा दिपावलीको शुभकामना आदानप्रदान तथा पुस्तक लोकार्पण कार्यक्रम स्थानीय निकाय कर्मचारी संघ नेपाल पर्सर्ााे आयोजनामा जिल्ला विकास समिति, पर्सर्ाा सम्पन्न भयो ।
    शुभकामना कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटी, अतिथिहरु प्रहरी उपरीक्षक योगेश्वर रोमखामी, कर्मचारी संघका केन्द्रीय सदस्य मनोज तिवारी, केन्द्रीय सचिव हरिशंकर प्रसाद कर्ुर्मीलगायतले एकआपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
    सोही कार्यक्रममा विष्णा देवी यादव ँबिरही’ले लेखेकी ँरिता रिता आंखा’ उपन्यासको विमोचन प्रजिअ शिवाकोटीले गर्नुभएको थियो ।
    सो कार्यक्रम स्थानीय निकाय कर्मचारी संघ, पर्सर्ाा अध्यक्ष मंकेश्वर ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियो ।

    0 comments: