नेपाल पत्रकार महासंघ बाराको प्रेस विज्ञप्ति

Posted on
  • Oct 1, 2008
  • by
  • mukesh
  • in
  • बारा, १५ असोज/ एभीन्युज टेलिभिजनलगायत आधा दर्जन सञ्चार माध्यममा सक्रिय बाराका सञ्चारकर्मी बीरेन्द्र साहको अपहरणपछि हत्या भएको एक बर्षपुग्न केही दिन मात्र बाकी रहेको भन्दै नेपाल पत्रकार महासंघ, बाराले प्रेस विज्ञप्ति जारी गरी प्रहरी प्रशासनको ध्यानाकर्षा गराएको छ ।
    आज जारी विज्ञप्तिमा एक बर्षपुगेपनि प्रहरी, प्रशासनले दोषी उपर कुनै कारवाही र पक्राउ गर्न नसक्नु लाजमर्दो अबस्था भएको भन्दै त्यसो त राज्यको ठूलो र सरकारमा बसेको सम्बन्धित पार्टर्ीी समेत दोषीलाई न्यायीक कठघरामा ल्याउन कुनै पहल नहुनु दुखलाग्दो बिषय हो उल्लेख छ ।
    अपहरण भएको असोज १८ को दिन सबै सञ्चारकर्मीका लागि त्रासदी र कालो दिन हो । नेपाल पत्रकार महासंघ बारा शाखाले यस दिनलाई प्रत्येक बर्षकालो दिन कोरुपमा बिरोधस्वरुप हातमा कालो पट्टी बाधेर काम गर्ने निर्ण्र्ाागरेको छ । त्यसैले सम्पूण पत्रकारहरुलाई असोज १८ गते हातमा कालो पट्टी बाधेर काम गर्न अनुरोध गर्दै प्रहरी, प्रशासनले दोषीहरुलाई पक्राउ गरी कारवाही अगाडी बढाउन जोडदार माग गरेको अध्यक्ष गुरुप्रसाद गौतमले जनाएका छन् ।

    0 comments: