हिन्दू र मुस्लिमको महान पर्व दशै र इद मनाइदै

Posted on
  • Oct 1, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १५ असोज/ हिन्दू र मुस्लिम समुदायको महान चाड एकै महिना एकै दिन पर्दा र्सवत्र खुशीयालीको वातावरण छाएको छ।
    आज हिन्दूहरूको महान चाड वडा दशैं एवं नवरात्रिको दोस्रो दिन र इस्लाम धर्मावलम्बीहरुको इद उल फित्र दुवै समुदायले धुमधामका साथ मनाउदैछन् ।
    हिन्दूहरुले आज माइस्थान, विर्तामन्दिर, विन्दवासिनीलगायतका शक्ति पीठहरूमा दर्ुगा भवानीको पूजा अर्चना गरिरहेका छन् भने इद पर्व रमादान र रोजाजस्तो एक महिना कठिन ब्रत पश्चात अल्लाहलाई त्यो सामर्थ प्रदान गरेकोमा धन्यवाद दि“दै मुसलमान समुदायहरु घरघरमा शुभकामना आदान प्रदान गरी मनाउदैछन ।
    इस्लाम धर्मको दुइ महान चाडमध्ये पहिलो चाड इद उल फित्र अर्थात् बारम्वर आउने खुशियाली इस्लामिक क्यालेण्डर अनुसार दशौं महिनाको पहिलो दिनमा पर्दछ । वीरगंजको छपकैया, मर्ुर्ली, नइकाटोला लगायतका मस्जिदहरुमा आज बिहानै इस्लाम धर्मावलम्वीहरू उपस्थित भइ नवाज पाठ गरे ।
    सरकारले विहीवार इदको र्सार्वजनिक बिदा दिने घोषण्ँा गरे तापनि चन्द्रमा मंगलबार नै निस्कीएकाले आज इद मनाइएको हो । आज मुसलमान समुदायको घरघरमा सेवइ लगायत विभिन्न मीठो पवित्र परिकार बनाइएको छ ।
    त्यस्तै असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पर्यन्त चल्ने भएको हु“दा वा दशमीलाई विशेष महत्व दिएकाले यो चाडको नाम दशैं रहन गएको भन्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदामा घटस्थापना आश्विन शुक्ल सप्तमीका दिन फूलपाती, आश्विन शुक्ल अष्टमीका दिन महाष्टमी, आश्विन शुक्ल नवमी महानवमी आश्विन शुक्ल दशमी, विजयादशमी, आश्विन शुक्ल पूण्ँिर्मा कोजाग्रत पूण्ँिर्माको रूपमा मनाइन्छ ।

    0 comments: