दर्ुघटनामा ३ को मृत्यु, ५ घाइते

Posted on
  • Oct 3, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १७ असोज/ पथलैया निजगढ राजमार्गको बाराको पिलुवा सडकखण्डमा टाटा इन्डिका दर्ुघटनाग्रस्त हुंदा ३ जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएका छन् ।
    बा ६ च ४६७२ नं.को टाटा इन्डिका वीरगंजबाट सिराहा जाने क्रममा पिलुवामा दर्ुघटना भइ मृत्यु हुनेहरुमा ३० वषर्ीय भारती गोइत, ८ वषर्ीय भारगव गोइत रहेका छन् भने अर्का एकको नाम खुल्न सकेको छैन । त्यस्तै घाइते हुनेहरुमा डा. भरत गोइत, उनकी छोरी सरिया गोइत, सञ्जयकुमार यादव, बिना यादव र उनकी छोरी घाइते भएका छन् ।
    घाइतेहरुको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।

    बस व्यवसायीद्वारा विरोध

    वीरगंज, १७ असोज/ बसमा तोडफोड भएको भन्दै नया बसपार्क, वीरगंजका बस व्यवसायीहरुले विरोध पर््रदर्शन गरेका छन् ।
    आज केही युवा समूहले न्यू निली ट्राभल्सको काउन्टर तथा ना २ ख २७७७, ना ३ ख ३६९ नं.को बस तोडफोड गरेको विरोधमा बस व्यवसायीले विरोध पर््रदर्शन गरेका हुन् ।
    केही दिन अघि एक व्यक्ति काठमाडौंबाट वीरगंज आउने क्रममा खलासी र चालकको मिलोमतोमा बसबाटै सामान चोरी भएको आरोप लगाउदै सो समूहले तोडफोड गरेको बताइएको छ भने निली ट्राभल्सका व्यक्तिअनुसार सो आरोप झुटो रहेको बताएका छन् ।

    0 comments: