वार्तामा आउ - मन्त्री शाक्य

Posted on
  • Oct 15, 2008
  • by
  • mukesh
  • in
  • बीरगंज, २९ असोज/ युवा तथा खेलकूद मन्त्री गोपाल शाक्यले संर्घष्ारत बिभिन्न भुमिगत सशस्त्र संगठनलाई हतियार त्यागी वार्तामा आउन आहवान गरेका छन् ।
    आज प्रेस चौतारी पर्सर्ाााखाद्वारा बीरगंज स्थित होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाक्यले वार्ता नै समस्याको समाधानको मुख्य उपाय रहेको मन्त्री शाक्यको भनाई छ । युवा सम्ान्धी ठोस निती र्सार्वजनिक गरिने जानकारी दिएका थिए ।
    उनले संविधान निर्माण नै अहिलेको प्रमुख बिषय भएकाले त्यस तर्फसबै दललाई सजग रहन आग्रह गर्नु भयो । संविधान निर्माणमा कांग्रेसको भूमिका महत्वपर्ूण्ा भएकाले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभयो ।
    नयाँ नेपालमा खेलकुद क्षेत्रको बिकास बिशिष्ट ढंगले गर्ने कुरा गर्दै मन्त्री शाक्यले बीरगंजको नारायणी रंगशालामा रहेको क्रिकेट कोर्टलाई ब्यवस्थित गर्ने प्रतिवधता जनाएका थिए ।
    प्रेस चौतारी पर्सर्ाा अध्यक्ष राघव साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमालेका सचिवालय सदस्य डा.बिश्वम्भर शर्मा, पर्सर्ाा प्रचार बिभाग प्रमुख किशोरी कुशवाहा, अनेरास्वबियु मधेश बिभागका केन्द्रिय अध्यक्ष मनोज चौधरी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमका संचालन बृजलाल पासवानले गरेका थिए ।

    0 comments: