Posted on
  • Oct 15, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २९ असोज/ रौतहटको चन्द्रनिगाहपुरमा हिजो तीन जनाको मृत्यु हुनेगरी भएको घटनाको चुरे भावर राष्ट्रिय एकता पार्टर्ीीेपालले घोर भर्त्सना गरेको छ ।
    आज भावरका कार्यवाहक अध्यक्ष बाबु थापाद्वारा जारी विज्ञप्तिमा घटनामा निहित स्वार्थका लागी देशी विदेशीबाट प्रयोग भएकाबाट घटना घटाइएको भन्दै कडा कदम चाल्ने चेतावनी दिइएको छ ।
    चुरेभावरले भावर क्षेत्रमा आतंककारीहरु सक्रिय हुदापनि राज्य उदासिन भएकोमा कडा आपत्ती जनाएको छ । उसले भावरको अस्तित्व रक्षाका लागि जुनसुकै कदम उठाउनसक्ने विज्ञप्तिमार्फ उल्लेख गरेको छ ।

    भैरहवा र बैतडीबीच भिडन्त

    वीरगंज, २९ असोज/ सिन्तेज एमएम टि २० क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर ४ भैरहवा र क्षेत्र नम्बर ६ बैतडीबीच प्रतिस्पर्धा भइरहेको छ ।
    आज वीरगंजको नारायणी रंगशाला क्रिकेट मैदानमा सो खेल भइरहेको हो ।
    पर्सर्ााक्रकेट संघ र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोकी आमा स्व. फूलकुमारी देवी सेवा ट्रस्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले ५० हजार नगद र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी हात पार्ने छन् । प्रत्येक दिनको म्यान अफ दि म्याच विजेताले ३ हजार र म्यान अफ दि सिरिजले १५ हजार नगद जित्नेछन्।

    0 comments: