ट्राफिक व्यवस्थापनको आडमा अनाधिकृत कमाइ

Posted on
  • Sep 26, 2008
  • by
  • mukesh
  • in
  • महेशचन्द्र गौतम
    वीरगंज, १० असोज/ जिल्ला ट्राफिक प्रहरी कार्यालय,पर्सर्ाा इन्चार्ज प्रहरी निरीक्षक कमल थापाले सवारी ट्राफिक व्यवस्थापनको आडमा मासिक लाखौं रकम अनाधिकृतरूपबाट कमाइरहेको तथ्य खुल्न आएको छ ।
    नगर क्षेत्रभित्र गरिने आकस्मिक छडके चेकमा त्रुटि भइ परेका सवारीसाधनका मालिकहरूसंग निश्चित रकम संकलन गरी राहत दिने कार्य बाहेक नगर क्ष्ँेत्रभित्र रहेका रजत जयन्ती, बसपार्क, गण्डक ट्राफिक पोस्टबाट मासिक निश्चित रकम लिने गरेको स्रोतले जनाएको छ ।
    उक्त पोस्टहरूमा इन्चार्ज बनाइ पठाइने सइ, असइहरूसंग पोस्टमा पठाउनु अघि नै मासिक निश्चित रकम मोलतोल गर्ने गरेका प्रनि थापाले अत्याधिक रकम दिनेहरूलाई मात्र सो पोस्टहरूमा पठाउने गरेकोसमेत बुझिन आएको छ । प्रत्येक दर्ुइ महिनाको लागि सो पोस्टमा सइ, असइलाई इन्चार्ज बनाइ पठाइने परम्परा रहेकोमा इन्चार्ज थापाको बीरगंज आगमनपश्चात् आफू अनुकूलका कर्मचारीलाई दर्ुइ महिनाभन्दा पनि बढी अवधिसम्म सोही पोस्टमा राख्ने गरेको बताइन्छ । रजत जयन्ती चोकमा रहेको ट्राफिक प्रहरी पोस्टको आयस्रोत नेपाली तथा भारतीय नम्बरका सवारीसाधन इन्ट्रीका नाममा प्रति सवारी उठाइने अनाधिकृत रकम रहेको छ भने बसपार्कस्थित ट्राफिक प्रहरीको बसपार्क बाहिर सवारी साधन राखि टिकट बिक्री गर्ने प्रत्येक टिकट काउन्टरबाट प्रतिबस रू ५० लिने गरेको बाहेक रोड परमिट, चेकजांचका नाममा त्रुटी भेटिएका सवारी साधनहरूसंग उठाइने रकम तथा गण्डक प्रहरी पोस्टको सवारी नं. इन्ट्री, छतमा राखिने अत्यधिक लगेजबाट गरिने अनाधिकृत आम्दानी नै प्रमुख आयस्रोत रहेको पाइन्छ ।
    यसरी गरिने आम्दानीबाट प्रत्येक महिना जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सर्ाा प्रनिलाई निश्चित रकम बुझानुपर्ने तय गरिएबाट पनि उल्लेखित नाकाहरूमा प्रक्रियागतरूपमा क्रमबद्ध ड्युटीमा खटिनेहरूभन्दा पनि प्रनिको आर्शिवाद पाएकाहरूले नैं विशेष अवसर पाउने गरेका छन् । प्रनि थापाको अनधिकृत रकम कमाउने धुनका कारण नगर क्षेत्रभित्र ट्राफिक व्यवस्थापन लथालि· रहेको जनगुनासो छ ।

    0 comments: