स्रि्रदीमा आगलागी

Posted on
  • Sep 18, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २ असोज/ वीउमनपा-१७ बहुअरीस्थित स्रि्रदी प्रालिको परिसरमा आगलागी भएको छ ।
    आज बिहान स्रि्रदी ट्रेडिङको परिसरमा फोहर जलाउन बालिएको आगो चाङ लगाएर राखेको टायरमा सल्किदा आगलागी भएको हो । वीउमनपा-८ कलैया नगरपालिकाको बारुणयन्त्रको सहयोगमा दर्ुइ घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो । आगलागीबाट क्षतीको यकिन हुन नसकेको प्रहरीले जनाएकोछ ।

    मेला समिति गठन

    वीरगंज, २ असोज/ वीरगंजस्थित गहवा माइ मन्दिरमा दशैको बेला लाग्ने मेलालाई व्यवस्थित बनाउनका लागि मेला व्यवस्थापन समिति गठन गरिएको छ ।
    आज बिहान माइस्थान अतिथि सदनमा स्थानीय समाजसवी र राजनीतिक दलका प्रतिनिधि, पत्रकार, उद्योग, प्रहरीको उपस्थितिमा भएको बैठकलेवीउमनपाका कार्यकारी अधिकृत विश्वराज डोटेलको संयोजकत्वमा मेला व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै बैठकले विभिन्न उपसमितिको गठन गरेको छ । प्रचार प्रसार उपसमितिको संयोजकत्वमा संजय साह, बलिदान उपसमितिका संयोजक मनोजकुमार साह, ट्राफिक व्यवस्थापन समिति संयोजक सरोज खड्का रहनुभएको छ ।
    मेला व्यवस्थापनका लागि खानेपानी, सरसफाई, स्वययंसेवक परिचालन उपसमिति पनि गठन गरिएको छ ।

    योग शिविर

    वीरगंज, २ असोज/ ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगंजद्वारा एक दिने योग शिविर संचालन गरिएको छ ।
    आज बिहान छपकैयास्थित केन्द्र भवनमा संचालन भइरहेको शिविरमा बारा, पर्सर्ाारौतहटका १०० भन्दा बढी महिलाहरुको सहभागिता रहेको छ । शिविरमा सहभागीहरुले मानकिता व्यवस्थापन, स्वच्छता र सरसफाई तथा अत्याधिक सम्बन्धी प्रशिक्ष्ँण दिइदैछ । सहभागीहरुलाई केन्द्रका निर्देशक रविणा, ब्रह्माकुमार राम सिंह ऐर, गुणराज लामिछाने र कुसुमले प्रशिक्ष्ँण दिनुभएको छ ।

    0 comments: