उपचार खर्च नभएर बिरामीको मृत्यु

Posted on
  • Sep 18, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २ असोज/ अति गरिब, विपन्न परिवारका एक विरामीको स्वास्थ्य उपचार खर्च नहुंदा मृत्यु भएको छ ।
    आज बिहान ६ बजे बारा जिल्ला अमरपट्ट िगाविस निवासी ३२ वर्षा मजबुल्लाह मियां आफनो बुढी आमासंग पेट दुखेर अति सख्त विरामी भइ नारायणी उपक्षेत्रीय अस्पतालमा पैसा नभएपछि औषधि उपचार नगरिदिंदा मियांको मृत्यु भएको हो ।
    उपचार खर्च नभएको कारण नेशनल मेडिकल कलेज शिक्ष्ँण अस्पतालले भर्ना भएका विरामी मजबुल्लाह मियांलाई सामान्य उपचार समेत नगरी अन्यत्र लैजान सल्लाह दिएपछि बुढी आमाको साथमा आएका विरामी मजबुल्लाह मियां औषधि उपचारको आशा लिएर सरकारी अस्पताल नारायणी उपक्षेत्रीय अस्पतालमा असोज १ गते राति ९ बजे र्इर्मेजेन्सी वार्डमा भर्ना भएका थिए ।
    निजको दाहसंस्कार छपकैयास्थित मदर्रसा बरकतउल्लुमले गरिदिएको छ । मदरसा बरकतुउल्लमुका अध्यक्ष नैमुद्दिन अंसारी र सचिव अब्बास मंसुरीले रु १ हजार बाटो खर्च दिएर मृतकको आमालाई घरमा पठाएका छन् ।
    विरामीहरुको सेवाका लागि स्थापित निजी तथा सरकारी अस्पतालले उपचार खर्च नभएका समाजका विपन्न वर्गका मानिसलाई उपचार पुर्‍याउने सामान्य मानवीय सहयोगसमेत नगरेको कारण दिनहुं गरिब बिरामीको मृत्यु हुने गरेको छ ।

    0 comments: