दर्ुघटना१४ जनाको मृत्यु

Posted on
  • Sep 19, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ३ असोज/ वीरगंजबाट काठमाडौ जांदै गरेको एक यात्रुवाहक वस आज विहान दर्ुघटना हुँदा ३ महिला सहित १४ जनाको मृत्यु भएको छ । झण्डै २ दर्जन घाइते भएका छन् ।
    ना ३ ख ३५५४ नम्बरको यात्रुवाहक बस आज विहान साढे ५ बजे पृथ्वी राजमार्ग अर्न्तर्गत धादिङको भूमेस्थान ४मा पर्ने हुलाक डाँडाबाट करीब २ सय मीटर तल महेश खोलामा खसेको थियो ।
    मृतकमध्ये अहिलेसम्म ६ जनाको सनाखत भएको छ । वसका कण्डक्टर मकवानपुरका कुमार र्राई, चालक रौतहटका राजेन्द्र रोक्का, यात्रुहरु हरियानाका प्रमोद पटेल, धनुषाका प्रेमकुमार महतो, ठेगाना नखुलेका नरेश सहनी र भारतीय नागरिक सत्येन्द्र चौधरी छन् ।
    दर्ुघटनास्थलमा सेना, प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा उद्धार कार्य भई रहेको छ ।
    प्रहरीले केही शव खोलामा बगेको हुनसक्ने आशँका गरेको छ । धादिङ खानी खोलाका ट्राफिक प्रहरीका अनुसार घाइतेहरुको अहिले खानी खोला स्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने गम्भिर भएका २५ जनालाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।

    0 comments: