बन्दले जनजीवन प्रभावित

Posted on
  • Sep 28, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १२ असोज/ राष्ट्रिय जनमोर्चाले गरेको नेपाल बन्दका कारण्ँ वीरगंजलगायत देशका अधिकांस क्षेत्र प्रभावित भएको छ । आज संघीयताको विरोधमा गरेको बन्दका कारण वीरगंज बजारको आशिंक बन्द रहेको छ ।
    आज बिहानै काठमाडौंका विभिन्न ठाउ“मा गाडी तोडफोड भएका छन् । जनमोर्चा कार्यकर्ताले सीतापाइलामा ना २ ख ३२३६ नम्बरको गाडी र त्रिपुरेश्वरमा एउटा ट्याक्सी जलाएका छन् । राजधानीका विभिन्न ठाउ“मा करिब दुइ दर्जन गाडी तोडफोड गरिएको प्रहरीले जनाएको छ । रत्नपार्क, कोटेश्वर, नयां बानेश्वरलगायतका विभिन्न ठाउंबाट बन्द गराउन हिंडेका ३० भन्दा बढी जनमोर्चाका कार्यकर्ता पक्रेको प्रहरीले जनाएको छ । जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले भने आफना ६० जना नेता-कार्यकर्ता पक्राउ परेको दावी गरेका छन् ।
    संघीयताले देश टुक्रिने राष्ट्रिय जनमोर्चाको तर्क छ भने संघीयता पक्षधरहरूले भने जनमोर्चाले भ्रम र्छन खोजेको आरोप लगाएका छन् ।

    0 comments: