बन्दले जनजीवन प्रभावित

Posted on
  • Sep 28, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १२ असोज/ राष्ट्रिय जनमोर्चाले गरेको नेपाल बन्दका कारण्ँ वीरगंजलगायत देशका अधिकांस क्षेत्रमा जनजीवन प्रभावित बनेको छ ।
    आज संघीयताको विरोधमा गरेको बन्दका क्रममा वीरगंज बजार आशिंकरुपमा प्रभावित भएको छ । आज काठमाडौंका विभिन्न ठाउ“मा गाडी तोडफोड भएका छन् । जनमोर्चा कार्यकर्ताले सीतापाइलामा ना २ ख ३२३६ नम्बरको गाडी र त्रिपुरेश्वरमा एउटा ट्याक्सी जलाएका छन् । राजधानीका विभिन्न ठाउ“मा करिब दुइ दर्जन गाडी तोडफोड गरिएको प्रहरीले जनाएको छ । रत्नपार्क, कोटेश्वर, नयां बानेश्वरलगायतका विभिन्न ठाउंबाट बन्द गराउन हिंडेका ३० भन्दा बढी जनमोर्चाका कार्यकर्ता पक्रेको प्रहरीले जनाएको छ । जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले भने आफना ६० जना नेता कार्यकर्ता पक्राउ परेको दावी गरेका छन्।
    संघीयताले देश टुक्रिने राष्ट्रिय जनमोर्चाको तर्क छ भने संघीयता पक्षधरहरूले भने जनमोर्चाले भ्रम र्छन खोजेको आरोप लगाएका छन् । बन्दले काठमाडौं उपत्यकाबाहिर जाने दिवा सेवाका गाडी चल्न सकेका छैनन् । उपत्यका बाहिर धनगढी, नेपालगञ्ज, इटहरी, काकटभिट्टालगायत टाढाका सहरबाट काठमाण्डौ आउने रात्रि सेवाका केहि गाडी थानकोटमै रोकिएको प्रहरीले जनाएको छ । अरु दिन बिहान ८ बजेसम्म ४ सयभन्दा बढी गाडी काठमाण्डौबाट बाहिर जाने गरेकोमा आज कहि मोटरसाइकल बाहेक अरु गाडी नगएको प्रहरी कार्यालय नागढुङगाका प्रहरी नायव निरीक्षक खम्म खड्काले जानकारी दिए ।
    त्यस्तै, बन्दका कारण्ँ पर्ूवाञ्चलमा पनि लामो तथा छोटो दूरीका गाडी चलेको छैन । गाडीहरु नचलेपछि दशैका लागी घर हिडेका यात्रुहरुले सास्ती खेप्नु परेको विभिन्न जिल्लाबाट सहकर्मीले जनाएका छन् ।
    बन्दका कारण्ँ विराटनगरमा आज छिटफुट मात्रै गाडी चलेका छ । आज बिहान विराटनगर बसपार्कबाट बाहिरिने सवारी साधनहरु नचले पनि ८ बजेपछि भने छिटफुट रुपमा चल्न थालेको छ ।

    0 comments: