वीरगंज, २८ साउन/ नारायणी उपक्ष्ँेत्रीय अस्पतालको हाताभित्र नर्सिङ भवन निर्माण गर्न लागेको पप्पु कन्स्ट्रक्सनले निम्न गुणस्तरको बोरामै सेट भएको सिमेन्ट प्रयोग गरी निर्माण कार्य गर्दासमेत शहरी विकास तथा भवन निर्माण कार्यालयले ध्यान नपुर्याएको गुनासो उठेको छ ।
पेटी ठेकेदार दशैं साहले सेट भएको सिमेन्ट मात्रै राखेको हु“दा पा“च बोरा लाग्ने ठाउ“मा ८ बोरा सेट भएको सिमेन्ट प्रयोग गरी निर्माण गर्न थालेपछि स्थानीयबासीहरुले सो कुरामा रोक लगाए पनि ठेकेदार साहले बलजफती सेट भएको सिमेन्ट नर्सिङ भवनको जग निर्माणमा प्रयोग गरिरहेका छन् ।
नेपालकै क वर्गको. ठेक्का कम्पनीको रुपमा रहेको पप्पु कन्स्ट्रक्सनले निर्माण गर्न जिम्मा लिएको सो भवन निर्माण कार्यमा आफूले कुनै कमी कमजोरी नगर्ने बताए तापनि निजले राखेका पेटी ठेकेदारहरुबाट यसरी कमसल, गुणस्तरहीन सामान एवं सेट भएका सिमेन्ट प्रयोग गरी निर्माण गरिरहदासमेत रेखदेख गर्ने सम्बन्धित निकाय मौन बस्नुले सो निर्माण कार्य गुणस्तरहीन हुने कुरामा दर्ुइमत रहदैन ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment