वीरगंज, २८ साउन/ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रेसमाथि आक्रमण गर्नु निन्दनीय हो भन्दै प्रेसमाथि आक्रमण गर्ने मुख्य दोषी राजनीतिक दल नै रहेको दाबी गर्नुभयो । उहांले समाचार छाप्दा पनि आक्रमण, नछाप्दा पनि आक्रमण भन्दै पत्रकारको नियति नै रहेको बताउनुभयो ।
आज नेपाल पत्रकार महासंघ, पर्सर्ाााखाको सभाकक्षमा उहांले वीरगंजका केही पत्रकारहरु तस्कर र प्रहरीसंग पैसा असूल्ने र तस्करको पक्राउ परेको सामान छोडाउन प्रहरी प्रशासनमा पुग्ने गरेकोमा दुख प्रकट गर्नुभयो । उहांले केही दिन अघि एउटा सामान्य व्यक्ति पत्रकार भएपछि महंगो क्यामेरा किनेर, बढी मूल्यको मोटरसाइकलमा चढ्ने गरेकोमा पत्रकारितामा विकृति बढेको आरोप लगाउनुभयो ।
अध्यक्ष झाले व्यग्य गर्दै पैसा कमाउन आफू पनि वीरगंजबाट पत्रकारिता गर्ने बताउदै उहांले वीरगंजको पत्रकारिता बदनाम भइरहेको र पक्षपात ढंगले समाचार सम्प्रेषण गरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा संचारकर्मी, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमपश्चात अध्यक्ष झा जनकपुर्रतर्फ लाग्नुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment