वीरगंज, ५ भदौ/भारत रक्सौल स्थित सिमा क्षेत्रमा सीमा सुरक्षार्थ खटिएका एसएसबी प्रहरी फोर्सका बावजुद थप सुरक्ष्ँाका लागि भारतीय सरकारले सीआरपी प्रहरी फोर्स केही दिनदेखि परिचालन गरेपश्चात सो प्रहरी फोर्सले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकद्वारा ल्याइने घरेलु प्रयोजनको सामानमासमेत रोक लगाएको छ ।
नेकपा माओवादीका पुष्पकमल दाहाल ँप्रचण्ड’ नेपालको प्रधानमन्त्री भएपश्चात भारतीय सरकारले आप\mनो सीमा क्षेत्रहरूमा सुरक्ष्ँा व्यवस्था कडा पारेपछि अहिले भारत रक्सौलस्थित बजारमा दिनह“ु छापामारी भइरहेको स्थानीय बासिन्दा बताउ“छन् ।
दैनिक छापामारी गरिरहेको सीआरपी प्रहरी फोर्सले रक्सौलस्थित व्यापार चलाइरहेका केही व्यापारीहरूको नेपाली मोवाइल सिम जफत गर्न थालेको समाचार स्रोतको दाबी छ ।
खुल्ला नेपाली सीमा क्ष्ँेत्र वीरगंज रक्सौल नाकाबाट माओवादीलगायत अन्य अपराधीहरु प्रवेश गर्नसक्ने एवं अत्याधुनिक हतियार, बमसमेत भित्रिन सक्ने अवस्था बढेबाट सो सुरक्ष्ँा व्यवस्था कडा पारिएको नाम र्सार्वजनिक गर्न नचाहने एक भारतीय कष्टम प्रहरीले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment