बारा, ४ भदौ/बाराको कलैया नगरपालिका ५ निवासी ३५ बषर्ीय लक्ष्मण साहले आफनै परिवारका सात जनालाइ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन ।
गएराती साढे एक बजे रक्सी खाएको झोकमा घरायसी बिवाद हुंदा पिता सुरज साह, आमा पार्वती देवी, दाजु लालबाबु साह, भाउजु रेण्ँु देवी, भतिजा आशिक साह र मुस्कान कुमार र भतिजी रुमा कुमारीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन ।
खुकुरी प्रहार गर्ने साह फरार रहेपनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइते सबैको वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने घाइतेको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment