बीरगंज, २२ असार/राजनीतिक विषयमा विवाद उत्पन्न भएपछि नेपाली कांग्रेस र माओवादीबीच झडप हुंदा एक दर्जन भन्दा बढी घाइते भएका छन् ।
गए राति पर्साको भिखमपुर-९मा नेका र माओवादीबीच झडप हुंदा भरत राम गम्भीर घाइते भएपछि थप उपचारको लागि आजै उनलाई काठमाडौं पठाइएको छ भने अन्य घाइते शुभ राम, मोतीलाल राम, दीपेन्द्र राम, यादव राम, रामस्वरुप राम, सुरेश राम, रवि राम, रामजी राम, शिव राम, राजेन्द्र राम, राम बली राम, नागेन्द्र रामलगायत घाइते भएका हुन् । घाइते मध्ये केहीको पोखरियामा उपचार भइरहेको छ भने अन्यको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
घटनास्थलमा प्रहरी टोली पुगी स्थितिलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मोहन परियारले जनाएका छन् ।

0 comments:
Post a Comment