मजदुरको मृत्युपछि वीरगंज-जीतपुर सडक अवरुद्ध

Posted on
  • Jul 7, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २३ असार/ बारा जिल्ला, छातापिपरास्थित नारायणी रोलिङ मिल्स प्रालिमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ भने मृतकका परिवारजन र मजदुरले क्षतिपर्ूर्तिको माग गर्दै वीरगंज-जीतपुर सडकखण्ड अवरुद्ध पारेका छन् ।
    गए राति ८ बजे कारखानामा ग्रान्डर चलाउने क्रममा एक्कासी हातमा करेन्ट लागी घाइते भएका बारा, फत्तेपुर गाविस वडा नं. ४ खैरवाटोल बस्ने २२ वर्षीय संजय कुशवाहाको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंज ल्याउंदै गर्दा मृत्यु भएको हो ।
    मृतक कुशवाहाका परिवार र कारखानामा कार्यरत मजदुरले उचित क्षतिपूर्तिको माग गर्दै वीरगंज-जीतपुर सडकखण्डको छातापिपरा चोक अवरुद्ध पारेका छन् ।
    लामो समयदेखि विद्युतीय मेशिन एवं सर्किटको मरम्मत, सम्भार नगरेको कारण विद्युत लिक भइ सो दुर्घटना भएको उद्योगमा कार्यरत एक नाम नबताउन चाहने कर्मचारीले बताएका छन् ।
    मृतकको करेन्ट लागेको हातमा कुनै किसिमको दाग नरहेको पाइएको छ ।


    दुर्घटनामा चार घाइते
    वीरगंज, २३ असार/ वीरगंजबाट काठमाडौंतर्फ गइरहेको भारतीय ट्याकंरको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् ।
    गए राति १०ः३० बजे एचआर ५५२४३९ नम्बरको ट्याकंरले साइकल यात्री पर्सर्ााजल्ला विश्रामपुर बस्ने अशोक कुशवाहालाई ठक्कर दिएको हो ।
    घाइते कुशवाहाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने निजको अवस्था चिन्ताजनक रहेको अस्पतालका चिकित्सकले जनाएका छन् ।
    त्यसैगरी आज बिहान बिराटनगरबाट काठमाडौंतर्फजादै गरेको बा ३ च ९०३२ नम्बरको कारले ना २ ख ११२२ नम्बरको रोकिराखेको ट्रकलाई ठक्कर दिंदा तीनजना घाइते भएका छन् ।
    घाइते मकवानपुर बस्ने विश्व पाख्रिन, विराटनगर-५ बस्ने दिनेश पौडेल र उमा पौडेल रहेका छन् भने उनीहरुको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।

    0 comments: