भारतीय अवैध रासायनिक मल पक्राउ

Posted on
  • Jul 7, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २३ असार/ जिल्ला प्रहरी कार्यालय, बाराका घुमुवा प्रसनि नेत्र दहालले अवैध भारतीय रासायनिक मलसहित टयाक्टर र दुइजनालाई आफनो नियन्त्रणमा ८ घण्टापछि वीरगंज भंसारमा बुझाएको छ ।
    आज बिहान ३ः३० बजे घुमुवा प्रसनि दहालको टोलीले बारा जिल्ला, फेटा गाविस नजिकैबाट मलसहित ना १ त ३१२८ नम्बरको ट्रयाक्टर र बारा, प्रस्टोका ९ निवासी ३० वर्षीय राजेन्द्र साह र २८ वर्षीय जोगिन्द्र साहलाई ८ घण्टासम्म लुकाउने प्रयास गरेका थिए ।
    बारा र पर्साका संचारकर्मीलाई यस घटनाको बारेमा जानकारी पाएपछि गण्डक, नौतनस्थित मध्यमाञ्चल कोल्ड स्टोरमा ट्याक्टर फेला परेको थियो । पत्रकारहरुले ट्याक्टर लुकाइ राखेको ठाउं फेला पारी तस्बिर लिन खोज्दा प्रसनि दहालले बाराका पत्रकार भैयाराम साहको क्यामेरा र झोला छिन्ने प्रयास गरेका थिए ।
    २ लाख मूल्य बराबर पक्राउ गरेको रासायनिक मलमध्ये ६० बोरा मल मात्रै भंसारमा बुझाएको छ भने अन्य मल लुकाएको समाचार स्रोतको दाबी छ ।

    समिति गठन

    वीरगंज, २३ असार/ अखिल नेपाल होटल तथा रेस्टुरा मजदुरहरुको पर्सा जिल्ला समिति गठन भएको छ ।
    आज नेपाल टे्रड युनियनका केन्द्रीय उपाध्यक्ष बद्री बजगाई, गोबिन्द पौडेलको उपस्थितिमा सो समिति गठन गरिएको हो ।
    सो समितिका उपाध्यक्ष राजन साह, सचिव भोला भण्डारी, सहसचिव भरतलाल महतो, कोषाध्यक्ष चन्दननारायण चौधरी रहेका छन् भने सो कार्यक्रममा सोनालाल साह, हरि मण्डल, लालबहादुर पटेल, केशव गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    विद्यार्थीहरु पुरस्कृत

    वीरगंज, २३ असार/ माइस्थान विद्यापीठ माध्यमिकले प्रवेशिका परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
    आज एक प्रेस विज्ञप्ति जारी गरी विद्यार्थी, कर्मचारी र शिक्ष्ँकहरुको मनोबल बढाउने अभ्रि्रायले सो कार्यक्रम गरिएको उल्लेख छ ।

    0 comments: