वीरगंज, २४ असार/ ११ महिनामा मध्यमाञ्चल क्ष्ँेत्रको १६ जिल्लामा ४९८२ घण्टा सडक अवरुद्ध भएको छ भने आर्थिक वर्ष ०६४/६५ को जेठ महिनाभित्रमा मध्यमाञ्चल क्ष्ँेत्रको १६ जिल्लामा ३५८ पटक सडक अवरुद्ध भएका छन्। सडक दुर्घटनामा परी पुरुष १४९, महिला ३४, बालक ३० र बालिका ११ गरी २२४ जनाको मृत्यु भइसकेको छ ।
मध्य क्षेत्र ट्राफिक प्रहरी कार्यालय, पथलैयाका प्रहरी नायब उपरीक्ष्ँक पोषण पोखरेलले मध्यमाञ्चल क्षेत्र काठमाडौं उपत्यकाको ती नजिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाहेक १६ जिल्लामा आर्थिक वर्ष०६४/६५ को ११ महिना अर्थात गत जेष्ठ मसान्तभित्रमा चार हजार नौ सय ८२ घण्टा २८ मिनेट विभिन्न कारणले सडक अवरुद्ध भएको बताउनुभएको हो ।
उहांले ११ महिनामा २०६ वटा बस, १८२ ट्रक, १०५ जीप, कार, भ्यान, ३९ ट्रैक्टर टेम्पो, १९ मोटरसाइकल, १७० साइकल, रिक्सा ३० र अन्य ८ वटा छन् । ट्राफिक नियम उल्लघंन गरेकाले १७७३६ सवारी साधन र चालकमाथि कारबाही चलाइएको छ । डिएसपी पोखरेलले सवैभन्दा बढी सडक अवरुद्ध जीतपुर-परवानीपुर सडक खण्डमा भएको छ र दिनहुंजसो हुने गरेको छ । त्यसपछि चितवन, मकवानपुर, धादिङ, महोत्तरी जिल्लामा सवारी दर्ुघटनाका कारण सडक अवरुद्ध हुने गरेको छ ।
लोग्ने स्वास्नीको झगडामा समेत एक पक्षले न्यायको नाममा सडक अवरुद्ध पुर्याएको पाइन्छ । सडकमा आएर न्याय खोज्ने क्रममा सडक अवरुद्ध पारेर हजारौं हजार जनतालाई अन्यायमा पार्ने काम काम भइरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment