एक महिने सीपमूलक तालिम सम्पन्न

Posted on
  • Jul 6, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २२ असार/ वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विश्वराज डोटेलले बेरोजगार महिलाहरुको लागि सीपमूलक तालिमहरु संचालन भइरहेमा बेरोजगार महिलाहरुको समस्या समाधान हुनेमा जोड दिनुभयो ।
    आज बेरोजगार महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित महिला सीप विकास समिति वडा नं. ५ र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा कन्या माविमा सम्पन्न एक महिने सिलाई मेशिन मर्मत तालिममा उहांले सो कुरा बताउनुभएको हो ।
    ३५ जना महिलाहरु सहभागिता रहेको सो कार्यक्रमको अध्यक्षता सरस्वती शाक्यले गर्नुभएको थियो भने प्रमुख अतिथि डोटेलले तालिमप्राप्त महिलाहरुलाई घरेलु कार्यालयबाट प्राप्त प्रमाणपत्र वितरण तथा कन्या माविका लेखापाल कन्हैयालाल श्रेष्ठको कर्मचारी अवधि समाप्त भएको हुनाले निजलाई एक जोडा कपडा र नगद रु २५ हजारसहित दोसल्ला ओढाइ विदाइ गर्नुभएको थियो ।
    सोही कार्यक्रममा वर्तमान वडा अध्यक्ष तथा समितिका संस्थापक अशोककुमार श्रेष्ठलगायत प्राध्यापक सुरेन्द्र तिवारी, समाजसेवी हेरम्बप्रसाद जोशी, गंगा थापा, सरस्वती शाक्यले प्रमाण पत्र वितरण गर्नुभयो ।
    कार्यक्रममा महिला तालिमबारे प्राध्यापक सुरेन्द्र तिवारी, अशोक श्रेष्ठ, हेरम्ब जोशी, गंगा थापा, जननी माननधरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    0 comments: