भारतीय नागरिकले नेपाली नागरिकता लिए

Posted on
  • Jul 6, 2008
  • by
  • mukesh
  • in

  • वीरगंज, २२ असार/ भारतीय नागरिकले झुक्याइ नेपालको बारा जिल्ला स्रि्रौनगढबाट नेपाली नागरिकता प्रमाणपत्र लिन सफल भएका छन् ।
    भारत, बिहार राज्य पूर्वी चम्पारण, मोतीहारी जिल्ला घोडासहन अमवा निवासी, श्रीपुर कवैयास्थित मामाघरमा बस्दै आएका राजेन्द्रप्रसाद मेहता -महतो)ले नागरिकता लिन सफल भएका हुन् ।
    एक गरिब व्यक्ति अच्छेलाल महतोले राजेन्द्रप्रसाद मेहताको परिवारमाथि जमिन र पैसासम्बन्धी मुद्दा लगाएपछि उनीहरु त्यहांबाट सन् १९९५ मा भागेर नेपालमा आइ नेपाली भएपछि वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसका असिष्टेन्ट लेक्चरर राजेन्द्र महतो वीरगंज आएर राजेन्द्रप्रसाद मेहता भई स्थायी जागिरसमेत खाइरहेका छन् ।
    प्राप्त आवश्यक कागजात अनुसार २३/११/१९९५ तारेखदेखि ठाकुरराम बहुमुखी क्याम्पसमा असिस्टेन्ट लेक्चरर अर्थशास्त्र विभागमा कार्यरत भारतीय नागरिक राजेन्द्रप्रसाद मेहताले झुक्याई नेपाली नागरिकता प्रमाणपत्र लिएपछि निज महतोका बारेमा आवश्यक प्रमाण राखेर गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा र बारामा सन् १९९७ मा उजुर सरोकारवाला व्यक्तिले गरेको तर आजसम्म निजलाई कुनै कारबाही भएको छैन ।

    अपराध नियन्त्रण विकास निर्माणमा युवाहरुको सहभागिता

    वीरगंज, २२ असार/ नेकपा माओवादीका केन्द्रीय सदस्य एवं भोजपुरा राज्य समितिका इन्चार्ज हरिभक्त कंडेलले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा राजनीति अपराधीकरण भइरहेको छ भन्नुभयो । उहांले अपराधको केन्द्रविन्दु भनेको यथास्थितिवाद रहेको बताउनुभयो ।
    शनिवार वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा वाइसिएल नेपाल भोजपुरा उपराज्य समितिद्वारा आयोजित सामाजिक अपराध नियन्त्रणमा युवाहरुको भूमिका विषयक अन्तरक्रियामा बोल्दै कंडेलले माओवादीलाई भ्रष्टाचार र कमिशनखोरी स्वीकार्य हुंदैन, अपराध नियन्त्रण गर्न, विचार, सरकार र सशक्त बलको संरचना चाहिन्छ भन्नुभयो ।
    प्रमुख अतिथि वाइसिएलका महासचिव दिलीपकुमार प्रजापतिले संघर्षको विधिद्वारा संघर्ष गर्ने वाइसिएलले अपराध नियन्त्रण र विकास निर्माणमा युवाहरुको सहभागिता गराउन योजना बनाएको बताउनुभएको छ ।
    बारा, पर्सा र रौतहटका वाइसिएलका सक्रिय कार्यकर्ताहरुको ठूलो जमघट रहेको सो कार्यक्रमको सभापतित्व वाइसिएलका संयोजक सुधीर यादवले, स्वागत भाषण शम्भु पाल र उद्घोषण फिरोजले गर्नुभएको थियो भने सो कार्यक्रममा नेकपा माओवादीका प्रतिनिधि, स्थानीय संचारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    0 comments: