वीरगंज, २० असार/ वन तथा भूसंरक्षण मन्त्री मातृका यादवले नेकपा माओवादी एक मधेश एक प्रदेशको पक्षमा रहेको बताउनुभयो।
आज स्थानीय होटल सम्झनामा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुंदै उहांले नयां नेपाल निर्माण गर्न भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्ने बताउनुभयो ।
वनमन्त्री यादवले देश भ्रष्टाचार र राजनीति गतिरोधका कारण बरबाद भइरहेको छ । राजनीति निकासको बाधक कांग्रेस बनेको छ । मधेशका कुरा उठाउंदा माओवादीलाई विखण्डनकारी भन्ने कांग्रेस पार्टर्ीीहिले ठूलो मधेशवादी बनेको छ । मधेशको समस्या एउटा क्षेत्रको समस्या नभएर नेपाललाई बुझने समस्या हो, मधेशको वन जंगल विनास भएर मरुभूमि बन्ने खतरा देख्दा पनि कसैलाई चासो छैन ।
उहांले पत्रकार, नेता, कर्मचारी सवै देश लुट्ने प्रवृत्तिका छन् । प्रधानमन्त्रीसमेत ठेकेदारबाट संचालित छन् । वनलाई जोगाउन गाह्रो छ । नेताहरुले रेन्जरसंग पैसा माग्ने र रेन्जरले वन तस्कर गराउने गरेको छ । पत्रकारहरुसमेत काठको तस्करीमा लागेका छन् । मधेशीले राष्ट्र बेचेका छैनन्, पहाडी नेताले कोशी, गण्डकी, महाकाली नदी बेचेका छन् । सिंगो समाज भ्रष्टिकरण हुंदै गइरहेको छ भन्नुभयो ।
उहांले इमान्दारीपर्ूवक काम गर्नेविरुद्ध पत्रकारहरुले कलम चलाइरहेका छन्, माओवादी नेता र कार्यकर्ताले घुस र कमिशन खान्छन् भने अझ बढी लेख्नु होस भन्नुहुंदै मेरो नशा, नशामा जनताको कमाइ छ, जनताको सवैभन्दा ठूलो ऋणी नै मै हुला। जनताको ऋणको ब्याज तिर्ने पक्ष्ँमा म छु । जनमुक्ति सेनाकै त्याग, तपश्या र बलिदानका कारण ६०१ जना संविधानसभाका सभासद भएका छन् भन्नुभयो ।
पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिनुहुंदै मन्त्री यादवले जंगल जोगाउने कसैको मानसिकता छैन, म कुनै मन्त्री अब बन्दिन, जनताको बीचमा रहेर भ्रष्टाचारविरुद्ध अभियानमा सक्रिय हुने बताउनुभयो । उहांले हालैको पर्साको जडीबुटी काण्डलाई इंगित गर्दै पर्साको डिएफओ शम्भु चौरसियालाई पत्रकारहरुका बीचमा राखेर दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिनुहुंदै नयां घर, जंगल क्षेत्रमा बनाउन नदिने, पुरानो घर बनेको भए नभत्काउने निर्देशन सवै डिएफओलाई दिएको बताउनुभयो ।

0 comments:
Post a Comment