थारुद्वारा चरणबद्ध आन्दोलनको घोषणा

Posted on
  • Jul 2, 2008
  • by
  • mukesh
  • in
  • काठमाडौं, १८ असार/ जननिर्वाचित संविधानसभालाई निस्तेज पारेर, संविधानसभालाई रबर स्टाम्प बनाएर तथा यसलाई ब्ल्याकमेलिङ गरेर अहिले मधेश नामक ठाउं आविष्कार गर्ने र समग्र थरुहट तराइलाई मधेश प्रदेश बनाउने षडयन्त्र भइरहेको भन्दै थारु कल्याणकारिणी सभाले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
    आज सभाका महामन्त्री राजकुमार लेखीले एक प्रेस विज्ञप्ति जारी गरी केही राजनीतिक दलहरुको कोठे बैठकबाट संविधानसभालाई लाचार छायां बनाउंदै मधेश आविष्कार गर्ने जुन प्रयाश भइरहेकोप्रति घोर भत्र्सना गर्दै संविधानसभामा गतिरोध सिर्जना गरेर राजनीतिक ब्ल्याकमेलिङ गर्ने काम भइरहेकोमा राजनीतिक ब्ल्याकमेलिङको उद्देश्य तर्राईका आदिवासीहरुको जातिय पहिचान समाप्त पार्ने र उनीहरुलाई मधेशीकरण गर्ने हो भन्ने बुझ्न गाह्रो छैन उल्लेख छ ।
    विज्ञप्तिमा विगतमा पनि आदिवासीहरुलाई समाप्त पार्ने उद्देश्यले अन्तरिम संविधानमा आदिवासीहरुलाई षडयन्त्रमूलक ढंगले मधेशी वर्गमा राखिएको हो । अहिले त्यो षडयन्त्रलाई संस्थागत बनाउन संविधानसभाभित्र भइरहेको थप षडयन्त्रका विरुद्धमा तर्राईका आदिवासीहरु संर्घष्ामा उत्रन बाध्य भएका भन्दै राजनीतिक ब्ल्याकमेलिङ र कोठे षडयन्त्रका विरुद्ध सडक संघर्ष गर्नुको विकल्प छैन भन्ने ठहरका साथ तर्राईका आदिवासी समुदायले संर्घष्ाका कार्यक्रम शुक्रबार असार २० गते थरुहट तराइमा एक घण्टे चक्का जाम र जनप्रदर्शन तथा कोण सभा, शनिबार असार २१ गते काठमाडौंको तीनकुनेबाट बृहत जुलुस नयां बानेश्वर गई संविधानसभा घेराऊ गर्ने र संघर्षका कार्यक्रमलाई साथ र र्समर्थन दिन सम्पर्ूण्ा नागरिक, पत्रकार, बुद्धिजीवी, पेशा ब्यवसायी एवं सबै तह, तप्का र वर्गका जनतामा हार्दिक अपिल गरिएको उल्लेख छ ।

    केही दशकपछि तराइको भूमि मरुभूमिजस्तो हुने
    वीरगंज, १८ असार/ विस २००४ सालमा स्थापित परवानीपुरस्थित ६२ हेक्टर धान खेत रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको स्थिति खस्केर अस्तव्यस्त छ ।
    इन्धनको अभावका कारण बोरिङ संचालन हुन नसक्दा धानको रोपाइं समयमा हुन नसकेको कर्मचारीले बताए भने क्ष्ँेत्रीय अनुसन्धान केन्द्र परवानीपुरका कार्यालय प्रमुख योगेन्द्रप्रसाद भगतले भने पानी पटाएर गरिने धान खेती नभएको, वर्षातको भरमा हुने खेती भएकोले पर््रयाप्त वर्षात नहंुदा धानको बिउ तयार भइसक्दा पनि धानको रोपाइं नभएको बताउनुभयो ।
    असार १५ गते राष्ट्रिय धान दिवस मनाएर धान रोपाइं प्रारम्भ गरेको बताउनुहुने कार्यालय प्रमुख भगतले धानको ब्याड राखेको ४०दिनभित्र धानको बिउ उखेलेर खेतमा नरोपे धानबाली राम्रो नहुने बताउनुभयो । बजेटको अभावले गर्दा निर्धारित समयमा निर्धारित काम हुन नसकेको पनि केन्द्रका प्रमुख भगतले स्वीकार गर्नुभयो ।
    सो केन्द्रमा कार्यरत धानविज्ञ तुफैल अख्तरले २०० भन्दा बढी धानको जातको ट्रायल भइरहेको र तर्राईमा मनसुली धानको विकल्पका रुपमा मिथिला, हल्दिनाथ, रामधानको जात कृषिकहरुका लागि शिफारिस गरेको बताउनुभएकोछ । बारा, पर्सर्ाा रौतहटमा सोना मन्सुली धान कृषकहरुले रोप्ने गरेकोमा केही वर्षता आएर सीट ब्लाइड रोगले सोना मन्सुली धानलाई बढी आक्रमण गरेकोले कृषकहरु मनसुली धानको विकल्प खोजी रहेकाछन् ।
    उहांले सरकारको स्वामित्व रहेको संस्थानले गुणस्तरीय रासायनिक मल विदेशबाट आयात गरी कृषकहरुलाई उपलब्ध नगराएको र भारतले पनि गुणस्तरीय मल नेपाल आउन प्रतिबन्ध लगाएकोले कमसल गुणस्तरको मल चोरी पैठारी व्यापकरुपमा भइ कृषकहरुले धान खेतमा गुणस्तरहीन मल प्रयोग गर्दै आएकोले माटोको अवस्थामा ठूलो ह्रास आएको र भारतीय मल प्रयोग गर्दा कृषकहरुको धानको बिउ समेत पहेलिएको धानविज्ञ अख्तरले बताउनुभयो ।
    अख्तरले तर्राईको माटोमा आर्गेनिक कार्बोन दर्ुइ प्रतिशत रहेकोमा अहिले कम गुणस्तरको रासायनिक मल बढी प्रयोगले गर्दा र कृषकहरुले कम्पोष्ट मल खेतमा प्रयोग गर्ने क्रमशः छाड्दै गएकाले १ प्रतिशत मात्र आर्गेनिक कार्बन माटोमा रहेको र दिनप्रतिदिन घट्दो क्रममा रहेकोले आगामी दशकमा तराइको भूमिमा खेती नै नहुने गरी मरुभूमिजस्तो हुने बताउनुभयो ।
    उहांले माटोको अवस्थामा सुधार ल्याउन सरकार र कृषक मिलेर साझा प्रयास गर्न नितान्त जरुरी रहेको र माटोसंग केही लिन, माटोलाई केही दिनैपर्ने बताउनुभयो । उहांले सल्फरिक एसिडबाट रासायनिक मल उत्पादन हुने गरेकोले माटोमा आर्गेनिक कार्बनको ठूलो ह्रास भएको पनि बताउनुभयो ।
    कृषि अनुसन्धान केन्द्रले आजसम्म ५२ जातका धान कृषकहरुलाई आप\mनो खेतमा रोपेर उत्पादन बढाउन शिफारिस गरेको छ । वषर्ाको भरमा छिटो पाक्ने भदैया धान मध्यम पाक्ने राधा ११ हो भने सिंचित क्षेत्रमा छिटो पाक्ने चैते धान र मुख्य सिजनमा हुने मन्सुली, रामपुर मन्सुली, रामधान र मिथिला धान भएका छन् । नेपालमा बासमती धानको अनुसन्धान, परीक्षण भइरहेको जानकारी गराउनु हुंदै हाइब्रिडबाट बिउ उत्पादन नहुने हुनाले हाइब्रिडको बिउको सिफारिस कृषि केन्द्रले नगरेको अख्तरले बताउनुभयो ।
    उहांले थप जानकारी गराउनुहुंदै अमेरिकाले पेटेण्ट राइट गराइ बिटाजीन हालेको भेराइटीको हाइब्रिड र बिउहरु तेस्रो मुलुकमा पठाएर संसारका पुराना प्रजातिहरुलाई नष्ट गर्ने बिउहरु अमेरिकबाट मात्र झिकाउनु पर्ने बाध्यता गराउंदै छ भन्नुभयो ।
    उहांले खेतमा धानको रोपाइंको सट्टा छरुवा गर्ने प्रविधि अनुसन्धान भइरहेको छरुवा धानमा झारपातले नढाकोस भनेर बिउटा क्लोर झारपात नाशक औषधि उत्पादन गरी कृषकहरुलाई वितरण गरेको बताउनुभयो ।
    २ सय रुपियां पर्ने १ लिटर झारपात नाशक औषधि बिउटा क्लोरले १२ कठ्ठा जग्गालाई पुग्दछ । कृषि अधिकृत पर्सावासी भागवत चौधरीले आफनो ४ विघा खेतमा धान नरोपेर धानको बिउ छरेको र रोपेका धानभन्दा छरुवा धान ७ दिन पहिले पाकेको र रोपेको धानसरह नै उत्पादन भएकोले छरुवा धानको प्रविधि निकै प्रभावकारी रहेको बताउनुभएको छ ।

    0 comments: