तुलसा बस्नेत
मकवानपुर, १० साउन/पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले तीन दलीय संयन्त्रलाई कायमै राख्दै माआवेादी सहितलाई सहमतिमा ल्याएर सरकार गठन गर्नुपर्ने बताउनु भएको छ ।
आज हेटौंडामा पत्रकारहरुसँग नेता देउवाले माओवादीले तीनदलीय संयन्त्र ताडिनु पर्ने धारणा अघि सारेकोमा त्यो कुनैपनि हालतमा भंग नहुने बरु माओवादीलाई पनि ल्याउनु पर्ने बताउनु भयो ।
नेता देउवा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको छैटौँ केन्द्रीय परिषद् भेलाको उद्घाटन गर्न हेटौँडा आइपुग्नु भएको हो । यसैविच, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको छैठौँ के्रन्द्रीय परिषद भेला हेटौंडामा सुरु भएको छ ।
भेलाको उद्घाटन गर्दै पर्ूवप्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कर्मचारीले चाहेमात्र विद्युत चुहावट रोकिने बताउनु भयो ।
र् कर्मचारीले चुहावट अन्तका लागि काम गनुपर्ने उहाँले बताउनु भयो ।
संघका अध्यक्ष ध्रुवराज उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा जलस्रोत राज्यमन्त्री महालष्मी अर्यालले द्धन्द्धका कारण कर्मचारी गाउँमा जान नसकेर चुहावट नियन्त्रण हुन नसकेको र नयाँ प्रगतिशील नियम लगाएर जलस्रोत षेत्रमा विकास गर्नुपर्ने उल्लेख गनुभयो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीे प्राधिकरणले ६५ अर्ब रुपियाँका नयाँ योजनाहरु ल्याउन लागेको बताउनु भयो । भेला भोलिसम्म चल्ने बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment