वीरगंज, १० साउन/ भारतीय नागरिकको रामपुर टोकनीस्थित कन्सेप्ट फर्मास्यूटिकल्सले भवन निर्माणको काम गर्ने धु्रव साह गुप्ताको काम गरेको पैसा नदिएर झुलाई रहेको बताएका छन् ।
सन् २००४ देखि सो फैक्टीको निर्माण कार्य गर्दै आएका ठेकेदारले भुक्तानी पाउनु पर्ने ६ लाख ५६ हजार भुक्तानी नदिई फैक्ट्रीका मैनेजर भारतीय नागरिक सत्येन्द्र सिंहले ठग्ने प्रयास गरिरहेका छन् । राम्रो मनले पैसा नदिएपछि गुण्डा लगाएर असूल गर्ने चेतावनी ठेकेदारले मैनेजरलाई दिएका छन् । स्थानीय प्रशासन र प्रहरीले पटक-पटक रकम भुक्तानीको कुरालाई लिएर उपस्थित हुन आउनेबारे पत्र पठाउदा पनि हाजरि नभई फैक्ट्री मैनेजर सिंह अटेर गरिबसेका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment