वीरगंज, २९ असार/ आदिकवि भानुभक्त आचार्यको सम्झनामा देशभरि र देशबाहिरका नेपाली साहित्यकारहरू र विभिन्न साहित्यिक संस्थाहरूले १९५ औं भानु जयन्तीको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।
तर वीरगंजका साहित्यकार, कविहरु भानु जयन्तीप्रति निराश भएका छन् । वीरगंज नयां बसपार्कस्थित टुटेफुटेको एक मात्र भानुभक्त आचार्यको शालिकलाई पुननिर्माण गर्ने सोच कसैले नराखेको गुनासो कवि अरुण विक्रम शाहले गर्नुभयो। उहांले वीरगंजमा अचेल साहित्यिक कार्यक्रम नहुने गरेको र स्रष्टालाई उचित सम्मान नदिएका हुनाले साहित्यप्रति स्थानीयबासीको मोह घट्दै गएको बताउनुभयो ।
बिक्रम सम्वत १८७१ मा तनहुंको रम्घामा जन्मनुभएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति मानिनु हुन्छ । संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर सम्पूर्ण नेपालीको मनमा बस्न सफल भानुभक्तको परिचय चाहिं मोतीराम भट्टले गराएका थिए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment