बारा, ३० असार/ सशस्त्र समूहको गोली लागि एक सर्वसाधारणको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तजन र यातायात व्यवसायीले वीरगंज-कलैया सडकखण्ड अवरुद्ध पारेका छन् ।
आज बिहान ७ बजेदेखि प्रदर्शनकारीले हत्यारालाई कारबाही र मृतकलाई उचित क्षतिपूर्तिको माग गर्दै बारा, कलैयाको भरतचोकमा टायर बालेर अवरुद्ध पारेका हुन् ।
असार २८ गते राति कलैया नगरपालिका ७ क्याम्पस रोड निवासी ३० वर्षीय रसुल मियां अन्सारीलाई घरमै सुतिरहेको अवस्थामा अज्ञात सशस्त्र समूहले गोली प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
अन्सारीको दाहिने आ“खाको डिलभन्दा माथिल्लो भागमा एक गोली लागेको हुंदा उनको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं लगिएको हुंदा असार २९ गते निजको काठमाडौंमा मृत्यु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment