वीरगंज, २९ असार/ मधेशी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सवै मधेशीको चाहना समग्र मधेश एक प्रदेश भएको बताउनुभयो।
आज सञ्चारकर्मीसंग कुराकानी गर्दै उहांले हिन्दू मुस्लिम बीच विवाद सिर्जना गराएर आप\mनो राज्यलाई लम्ब्याउन प्रयत्न गर्ने केही एमाले र कांग्रेसका रायबहादुरहरुले मधेशीविरुद्ध मधेशी भिडाउने र थारुविरुद्ध थारुलाई भिडाउने रणनीति अपनाएको छ ।
फोरम र थारुबीच भएको झडपको सन्दर्भमा अध्यक्ष्ँ यादवले भन्नुभयो झडपमा जाने हाम्रँे कुनै नीति छैन, मुलुकको समस्यालाइ डाइभर्ट गर्नको लागि मधेशीलाई प्रयोग गर्ने जुन षडयन्त्र भएको छ त्यो खतरनाक हो यस्ता षडयन्त्रको बलमा मधेशमा आफनो उपनिवेशलाई कायमै राख्छु भन्नु गलत हो भन्नुभयो । उहांले संविधानसभाले मधेशको कुनै पनि समस्या हल गर्न नसके हामी संघर्षमा उत्रिन्छौं भन्नुभयो ।
महिला हिंसाविरुद्ध ज्ञापन
वीरगंज, २९ असार/ महिलामाथि हुने हिंसा अन्त्यका लागि तत्काल उच्च स्तरीय स्वतन्त्र निष्पक्ष आयोग गठन गर्न दबाब दिने उद्देश्यले महिला हिंसाविरुद्ध आन्दोलन संर्घष्ा समिति, पर्साले आज वीरगंजमा विरोध जुलुस निकालेको छ ।
हिंसामुक्त जीवन बांच्न पाउनु महिलाको अधिकार हो ब्यानर बोकेर निस्केको महिलाहरुको विरोध जुलुस नगरपरिक्रमापश्चात् जिल्ला प्रशासन कार्यालय, पर्सामा पुगी ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा सुदूरपश्चिमाञ्चल कंचनपुर जिल्लामा हिंसाविरुद्ध आवाज उठाउने लक्ष्मी बोहराको हत्याको उचित छानबिनको माग गर्दै महिला अधिकार रक्षक शारदा चन्दलगायतमाथि भएको आक्रमण र दूव्यर्वहार, कैलाली जिल्लामा ११ वषर्ीय बालिकको बलात्कारपछि हत्या, बर्दियामा ७३ वषर्ीया बृद्ध महिलाको बलात्कार पछि हत्या, ४ वर्षीया बालिकामाथि गरिएको यौनशोषण र त्यसपछि राज्य संयन्त्रले देखाएको उदासिनताको विरोध गर्दै तत्काल कारबाहीको माग गरिएको उल्लेख छ ।
विरोध जुलुसमा पर्साका महिला विकास कार्यालय, जिल्ला महिला अधिकार मंच, गाविस महिला अधिकार मंच, सामुदायिक सेवा समिति, अखिल नेपाल महिला संघ, हामी सक्छौं अभियान, जिल्ला महिला सुरक्षा दबाब समूह, माइती नेपाल, नारी शिल्पकला केन्द्र, दिव्य युवा क्लब, अरुणोदय युवा क्लब, संगै बाचौं, आशा मिलन समूहलगायतका महिला अधिकारवादी संस्थाले ऐक्यबद्धता जनाएको छ।
प्रथम जिल्ला अधिवेशन
वीरगंज, २९ असार/ लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ, नेपालले आज जिल्ला बाल कल्याण समिति, वीरगंजको सभाकक्षमा संघको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गरेको छ ।
लोकतान्त्रिक गैरसरकारी महासंघ नेपालको अध्यक्ष फूलमहम्मद मियां हवारीको सभापतित्वमा भएको उक्त उद्घाटन सत्रको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकिय अधिकृत दर्ुगादत्त ढकालले कार्यक्रम उदघाटन गर्नु हुंदै गैरसरकारी संस्थाहरु मिलेर अगाडि बढ्न सकेको खण्डमा देश विकासमा उल्लेखनीय मद्दत पुग्ने भन्नुभयो ।
विशेष अतिथिमा फेडेनका केन्द्रीय सदस्य किशोरीलाल राम, काशीप्रसाद साह, शम्भु चौहान, इब्राहीम देवान, युवराज खडका लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने स्वागत मन्तव्य फेडन पर्साका कोषाध्यक्ष सुनीता गौतमले दिनुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment