Posted on
  • Jul 11, 2008
  • by
  • mukesh
  • in
  • सडक नाटक

    वीरगंज, २७ असार/ विश्व जनसंख्या दिवसको उपलक्ष्यमा लायन्स क्लब अफ वीरगंजले सडक नाटक सम्पन्न गर्यो ।
    आज युवा सामाजिक सेवा केन्द्र कुम्हालटोल वीरगंजको सहयोगमा वीरगंज छपकैया, सिसौवारी, बजार छपकैया, नदी टोल, घण्टाघरलगायतका स्थानहरुमा सडक नाटक गरिएको हो ।
    नेपालको जनसंख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा जनसंख्या रोकथामविरुद्ध जनचेतना जगाउने उद्देश्य लिएर सडक नाटक प्रस्तुत गरेका थिए । लायन्स क्लब अफ वीरगंजका अध्यक्ष मनोहर टिवडेवालको सभापतित्वमा उक्त सडक नाटक प्रस्तुत गरिएको थियो भने निःशुल्क कण्डम पनि वितरण गरिएको थियो ।

    प्रवासी नेपालीहरुको बैठक सम्पन्न

    नयां दिल्ली, २७ असार । सामन्ती अभिजातवर्गको नेतृत्व गर्दै आएको शाहबंशीय राजतन्त्रको अन्त्य गर्दै सम्पन्न ऐतिहासिक संविधानसभा निर्वाचनमा सक्रियतापूर्वक भाग लिएर फकिर्एका भारतस्थितः प्रवासी नेपालीहरु अब यस निर्वाचनबाट प्राप्त जनादेश अनुसार निर्माणधीन स‹ीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि आफनो श्रमसीप, ज्ञानविज्ञान, कलाकौशलता र यहां रहंदा अर्जित पूंजिसमेतको लगानी सहित सम्पूर्ण ढङ्गले सक्रियतापूर्वक लाग्ने भएका छन् । प्रवासी नेपाली आन्दोलनको नेतृत्व प्रदान गर्दै आएका आन्दोलनका मूलप्रवाह संगठन प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनद्घारा मुलुकको परिवर्तित राजनीतिक परिस्थितिको प्रकाशबाट दिक्षित रहंदै अघिबढन संयुक्त रुपमा आयोजित द्घ-िदिवसीय बैठक -१४-१५ जुन, २००८) सरोजनीनगर, नयां दिल्लीले यो अठोट लिएको हो । भारतका अधिकांश राज्यहरुबाट नेताहरुको सहभागिता रहेको यस बैठकमा जनआन्दोलनपछि गठित नेपाल सरकार, कृषि तथा सहकारी मन्त्रीसमेत रहनुभएका प्रवासी नेपाली आन्दोलनका नेता एवं माननीय सभासद् छविलाल विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
    आज सम्पन्न सो बैठकले ९ बुंदे निष्कर्ष निकालेको अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष युवराज बास्कोटाले जनाएका छन् ।

    भारी परिमाणमा प्रतिबन्धित औषध पक्राउ

    वीरगंज, २७ असार/ जिल्ला प्रहरी कार्यालय, पर्साले भारी परिमाणको प्रतिबन्धित औषधि बरामद गरेको छ ।
    गए राति विशेष सुराकीको आधारमा नयांबसपार्कस्थित चण्डिका बस काउन्टर अगाडिबाट करिब ४ लाख मूल्य बराबरको औषधि बरामद गरेको हो ।
    प्रहरीले बरामद गरेको औषधिमा पेनाग्रा ७ प्याकेट, पुरुषजीवन २ कार्टुन, पेटाटे-४० २ कार्टुन -ब्रान्ड रजिष्टर्ड नभएको) पिरिमाइड ७ कार्टुन, माइसेट-१० २ कार्टुन, स्ट्रोक्स ६ कार्टर्ुु अजिपेन ४ कार्टुन, क्युरिडेम २ कार्टुन रहेको छ । औषधिहरुमध्ये नेपालमा प्रतिबन्धित पेनाग्रा, पुरुष जीवन, पेताते-४०, पिलि ७२ रहेको प्रहरीले जनाएको छ ।
    बरामद गरिएको औषधि सगरमाथा मेडिसिन सातदोबाटो काठमाडौंको लागि प्रमोद भन्ने व्यक्तिको नाममा बिल रहेको र सो बिल वीरगंजको अरुण फर्माले काटेको भए तापनि अनुसन्धानबाट उक्त फर्मा वीरगंजमा नरहेको र सो बिलको भ्याट नम्बरसमेत नक्कली रहेको पाइएको छ ।
    पर्सा प्रहरीले बरामद गरेको बिलमा कूल औषधिको मूल्य रु २ लाख १५ हजार १ सय ५२ उल्लेख भए तापनि वास्तविक मूलय फरक भेटिएको छ भने विलमा उल्लेखित औषधिको परिमाण फरक रहेको छ । बरामद गरिएको सम्पूर्ण औषधि आवश्यक कारबाइका लागि औषधि व्यवस्था विभाग शाखा वीरगंजमा पठाइएको प्रहरीले जनाएको छ ।

    0 comments: