विकास, निर्माणसम्बन्धी नीति तथा बजेट वक्तव्य

Posted on
  • Jul 11, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २७ असार/ पर्सा जिल्लाको ८२ वटा गाविसहरुको विकास, निर्माणसम्बन्धी नीति तथा बजेट वक्तव्य कार्यक्रम सम्पन्न भयो ।
    आज जिल्ला विकास समिति, पर्साको आयोजनामा १४ औं जिल्ला परिषद कार्यक्रममा स्थानीय विकास अधिकारी राजेन्द्र पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
    स्थानीय विकास अधिकारी पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य न्यायाधीश मोहनकृष्ण खनालले पानसमा बत्ती बाली उद्घाटन गर्नुभएको थियो कार्यक्रममा वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विश्वराज डोटेल, प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटी, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक योगेश्वर रोमखामी, सभासद्, राजनीतिक दल, पेशागत संघ, संगठन, संचारकर्मी, कार्यालयप्रमुख लगायतको उपस्थिति रहेको थियो ।

    0 comments: