सुख्खा बन्दरगाहबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

Posted on
  • Jul 14, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ३० असार/ आर्थिक वर्ष ०६४/६५ का लागि न्यूनतम एक अर्ब ३७ करोड भंसार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा सिर्सियास्थित सुख्खा बन्दरगाह भंसार कार्यालयलले ४/५ करोड रकम बढी नै संकलन हुने प्रमुख भंसार अधिकृत मदन पौडेलले बताउनुभएको छ ।
    जेठ मसान्तसम्ममा एक अर्ब २४ करोड ६८ लाख राजस्व संकलन भई निर्धारित लक्ष्यमा ९१ प्रतिशत राजस्व संकलन भएकोमा असार २९ गतेसम्म ११ करोड ९० लाख संकलन भइसकेको छ । सदर स्याह र संकलन गर्न बांकी भंसार राजस्वसमेत गरी लक्ष्यभन्दा ४/५ करोड बढी नै संकलन हुन लागेको प्रमुख भंसार अधिकृत सुरेश पौडेलले बताउनुभएको छ ।
    आव ०६४/६५ मा सुख्खा बन्दरगाह भंसार कार्यालयबाट रेलद्वारा एक अर्ब मूल्य बराबरको गलैचा, कार्पेट, मुसुरी दाल, तयारी पोशाक, चाउचाउ, आदि तेस्रो मुलुकमा निर्यात भएको छ भने तेस्रो मुलुकको सामान कागज, गाडी, पोलिथियन दाना, टेलिकमको सामान, कपर वायर, फर्निस्ड आयल, टिभी, प्लाष्टिक फलोरिड, रक्सी, टायर, आदि पैठारी भएको भंसार स्रोतले जनाएको छ ।
    कलकत्ता बन्दरगाहबाट सुख्खा बन्दरगाहसम्म भारतीय रेलवे सामान ढुवानी गर्दै आएको छ । नेपालमा चिनीयां सामान बढी आएका छन् । सिंगापुर, बैंकक, मलेसिया आदि राष्ट्रबाट औद्योगिक कच्चा पदार्थलगायतका सामान आयात भइरहेका छन् । व्यापारीहरुले अष्ट्रेलियाबाट झिकाएको केराउ र क्यानडाबाट झिकाइएको तोरी पनि सुख्खा बन्दरगाहमा अनलोड भएको छ । सुख्खा बन्दरगाह स्थापना भएयतादेखि निकै कम मात्रामा भारतीय सामान आयात भएका छन् । नेपालमा आयात हुने भारतीय सामान ट्रकबाट वीरगंज, विराटनगर, नेपालगंज, भैरहवा, भंसार, नाका हंुदै ट्रक र कन्टेनरमार्फत ढुवानी भएका छन् । गत आव ०६३/६४ मा सुख्खा बन्दरगाहको भंसार राजस्व संकलन लक्ष्य १ अर्ब ३ करोड थियो ।

    0 comments: