विरोध तथा धर्ना कार्यक्रम

Posted on
  • Jul 31, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १६ साउन/ महिलामाथि हुने सवै प्रकारको हिंसाविरुद्ध आन्दोलनरत महिला संर्घष्ा समिति, पर्साले विरोध पर््रदर्शन तथा धर्ना कार्यक्रम गरेका छन् ।
    आज बिहान ११ बजदेेखि १ बजेसम्म जिल्ला प्रशासन कार्यालय, पर्सामा धर्ना दिदै प्रजिअमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
    ज्ञापनपत्रमा महिलामाथि भएका हिंसाहरुको छानबिन गरी दोषीलाई कारबाईको घेरामा ल्याउन, छानविन आयोगको गठन, महिला अधिकार रक्षक माथि भइरहेको सवै दण्ड हिंसाको अन्त्य र लक्ष्मी बोहराको हत्याकाण्डको अविलम्ब छानबिनका लागि स्वतन्त्र समिति गठन हुनुपर्ने माग रहेका छन् ।
    विरोध कार्यक्रममा स्वेता सरित, निर्मला भण्डारी, सीता ढकाललगायत महिला अगुवा तथा अधिकारवादीहरु सहभागी रहेको सो विरोध कार्यक्रममा महिला विकास कार्यालय, जिल्ला महिला अधिकार मंच, गाविस महिला अधिकार मंच, अखिल नेपाल महिला संघ, हामी सक्छौं अभियान, जिल्ला महिला सुरक्ष्ँा दबाव समूह, माइती नेपाल, नारी शिल्प कला केन्द्र, दिव्य युवा क्लब, आशा मिलन समूह, नेपाल महिला संघ, अरुणोदय युवा क्लब, संगै बांचौं संस्था गरी १३ वटा संघसंस्थाको ऐक्यबद्धता सहभागीता रहेको थियो ।

    अनियमितता भएको गुनासो

    वीरगंज, १६ साउन/ तुल्सीबर्वाको नहरदेखि गाउं जोड्ने बाटोमा गे्रभलिङ कार्यमा व्यापक अनियमितता भएको स्थानीयबासिन्दाले गुनासो गरेका छन् ।
    आज स्थानीय संचारकर्मीहरुलाई स्थानीयबासीले जानकारी गराउदै जिल्ला विकास समिति, पर्सर्ाा चार लाख रुपियांमा ठेकेदार उमेश क्षेत्रीलाई ग्रेभलि·को ठेक्का दिएकोमा सडकमा ६ इन्च मोटाइ ग्रेभलि· गर्नुपर्नेमा जम्मा २ इन्च मोटाइको ढु·ा, बालुवा विच्छयाइए जनाइएको छ ।
    स्थानीय एक व्यक्तिले ग्रेभलिङको समिश्रणमा ८० प्रतिशत बालुवा प्रयोग भएको बताएका छन् ।

    1 comments:

    Anonymous said...

    तपाईंको ब्लग हेर्ने मौका पाए । निकै राम्रो लाग्यो ... news हरु पनि राम्रो राम्रो हाल्नु भएको रहेछ । keep it up साथी ...