मुकेश वस्नेत
रक्सीले भरिएको सिसाको गिलास उचाल्दै मुखसम्म पुर्यायो । एकै घुट्कोमा सिध्याएर रित्तो गिलास भर्ूर्ंइमा राख्दै, तितो मुख पादै बीरमानले भन्यो "ल है साहुनी, भोली पैसा दिउंला"
भट्टी साउनीले केही प्रतिक्रिया जनाइनन् । उनलाई थाहा छ, बीरमान गरीब छ, तर इमान्दार छ । रिक्सा चलाउंछ त के भयो कसैको एक पैसा पनि उधारो खाएको छैन ।
लडखडाउंदै बीरमान उठ््छ र रिक्सालाई गुडाउंदै घरतिर लाग्छ ।
उसको घरः खर, पराल, खपडा, इट्टा, जस्तापाताहरू मिली बनेको एउटा झुप्रो मुनी एउटै कोठा र त्यो एउटै कोठाभित्र समाएर बसेको छ, उनको एउटा जहान । जर्ीण्ा परेको, ठाउंठाउंमा प्वाल परेका, फुटेको, चर्केको त कतै भत्केको दयनीय अवस्थामा उभिएको एउटा सुकुम्बासीको घर ।
सांच्चै ऊ यही जन्मेको थियो, यही खेलेको थियो । केही महिना अघि सडक विभागको डोजरले उस्को आधा घर भत्काएको थियो । त्यसपछि उ यही घरभित्र विरूप भएर बसिरहेको छ ।
घर नजिकै रिक्सालाई बांध्छ, अनि कोठा भित्र छिर्छ । नजिकै ओछ्यानमा मलिन भएर रोगले ग्रसित निकै महिनादेखि थला परेकी उस्को श्रीमतीले आंखा उघारिन् । बीरमान नजिकै टुक्रुक्क बस्यो, अर्को खाटमा उस्की जवान भैसकेकी छोरी पढ्दै थिइन् । बीरमानले चुरोट निकालेर सल्कायो र धुंवा ओकल्न थाल्यो ।
"के भो त बुढा -" बीरमानको श्रीमतीले सशंकित स्वरमा प्रश्न गरिन् ।
"के हुनु नि, भोलिसम्म घर खाली गरेन भने भत्काइ दिन्छ अरे.......भन्दै थियो डण्ठेहरूले ।’ यतिबेला सम्म चुप लागेको बीरमान अचानक करायो । दुवै आमाछोरी ट्वां परेर बाउको मुहार हर्ेर्दै थिए र सोध्दै थिए असंख्य मौन प्रश्नहरू-"भोली कहां जाने बुवा -"
निधर्नको जीवन कुनै जीवन नै होइन, पैसा हुनेहरूको लागि । वीरबहादुरको घर पछाडि कुनै विशाल कम्पनीको विल्डि· थियो । अन्तर्रर्ााट्रय शोरूम । सांच्चै त्यो अन्तर्रर्ााट्रय शोरूमलाई विरूप बनाएको थियो बीरमानको झुपडीले । त्यसैले सरकारले पनि हटाउन नसकेको उस्को घर, कुनै व्यापारीको पैसा र शक्तिले घुसखोर न्यायका रक्षकहरू नै भक्षक भएर भोलिसम्मको अल्टिमेटम दिएर गएका छन् बीरमानलाई ।
सांच्चै गरिबको स्वर कसैले सुन्दैन, न्याय मांग्न जहां गएपनि त्यहां उसले आफैलाई गलत भेट्टायो । त्यसैले विरक्त लागेर स्वास्नीकै छेउतिर पल्टियो ।
"बुवा, भात पस्कि दिऊ -" छोरीले सोधिन् । तर बीरमानलाई भोक नै थिएन.. उस्को अनुहारभरि पीरहरू पोतिएको थियो । दुइटा स-साना छोरीले पनि उस्को मुहार टुलुटुलु हर्ेर्दै थिए ।
मध्यरातको अंध्यारोमा ढोकाको कांपामा बलिरहेको टुकीले कोठाभरि सकिनसकि मधुरो प्रकाश छरिरहेका थियो । कतै चर्किसकेका भित्ताहरू चिहाएर बीरमानलाई जिस्काइरहेको थियो । भद्रगोल घर, एउटै कोठामा बीरमान उस्को जहान, अनि तीन छोरीहरू ठुस्सिएर अस्तव्यस्त, उकुसमुकुस हंुदै सुतिरहेका छन् । तर कसैलाई पनि निन्द्रा भने लागेको थिएन ।
गरीबलाई सबैभन्दा ठूलो दूःख भनेको छोरी नै हो, झ्न उस्को त तीन छोरी थियो । यसको चिन्ता सधैं बीरमानलाई सताइरहेको हुन्थ्यो ।
भित्तामा झुण्डिएको एउटा थोत्रो घडी टिक-टिक गर्दै चल्दैथ्यो । समयभन्दा अघि नभए पनि सधैपछि भए । कहिले एक घण्टा, आधा घण्टा ढिलो, विल्कूलै बीरमान जस्तै, समयभन्दा सधै पछि हिडेर, घस्रेर, हिंड्थ्यो । उस्का नजर भित्ताको घडीमा भएपनि मन अन्तैतिर थियो । अनि आंखामा निन्द्रा थिएन, एउटा हात निधारमा राख्दै विचारमा अल्भिmरहेको थियो । फेरि शून्य आंखाले घरका भित्ताहरू छाम्दै प्वाल परेको छानो हर्ेर्दै थियो र सोच्दै थियो । नजिकै उनकी श्रीमती स्यांस्यां र फं्याप्+mया गर्दै दम्माको रोगले दर्ुइ महिना देखि थला परेकी छिन् ।
ँकति सम्झाए चुरोट नखा भनेर, तर चौबिसै घण्टा चुरोटको धुंवा उडाइरहन्छे । विचरी मेरो हात थामेर आएकी थिइन् तर उनले दूःख बाहेक अरू केही पनि पाइनन् ।’ अर्न्तर्मनमा उसको द्वन्द्व चलिरहेको थियो । कति लाचार भयो बीरमान आज । रोगले ग्रसित आफ्नी प्यारो जीवन साथीको उपचार गर्न पनि उसंग सामर्थ्य थिएन ।
चेप्टिएको गाला, आंखाभरि कालो दहका रंगहरू जिङरिङ कपाल, ठूला दारी, जुंगाको गुजुल्टोमै अल्भिmरहेको थियो उसको निन्द्रा ।
अर्को खाटमा दर्ुइटी नाबालक छोरी, एउटा दश वर्षो र अर्को १२ वर्षो मस्तसंग निदाइरहेका छन् । मुहारभरि कुनै चिन्ताको रेखा थिएन, निर्धक्क भएर निदाइरहेका छन् । उनलाई थाहा छ उस्को बुवा छ, सवै गर्ने । संगै बीरमानको जेठी छोरी सरस्वती अस्तव्यस्त हालतमा सुतीरहेकी थिइन । यस्को पनि अब चांडै नै विवाह गरिदिनु पर्छ । जवान छोरीलाई घरमा राख्नु पनि ठिक छैन । दिन जमाना पनि ठिक छैन । तर बिहे गराउन पनि पैसा चाहियो, केटा खोज्नुपर्यो ।
यस्तै अभावहरूमा अल्झदा-अल्झदै निकै दिनदेखि थाकेको थिए बीरमान । विचारहरूको द्वन्द्वमा, भविष्यको चिन्तामा, जिम्मेवारीको बोझले बांधिएका थिए । र, आज उसंग यही आफ्नो घरमा एक रात मात्र निदाउनु छ, भोलि थाहा छैन कहां बर्साई हुन्छ ।
चिन्ताको चितामा दनदनी सल्किदा-सल्किदै ऊ रातभरि निदाउन सकेन । सोच्दा सोच्दै भाले पनि बास्यो.. र उस्ले एउटा निर्ण्र्ाागर्यो । जीन्दगीका यी दूःखहरूको हल, उस्को सम्पर्ूण्ा विचार केन्द्रमा एउटा कुरामा अडियो, र एउटै मात्र बाटो देख्यो, अनि उस्ले एउटा कठोर निर्ण्र्ाागर्यो ।
श्रीमतीका पीडामिश्रति मुहार हर्ेन थाल्यो मनभरि, लाग्दछ उस्ले अन्तिम पटक हर्ेर्दैछ, निर्मिमेष निहारीरहन्छ र केही भनिरहन्छ । त्यसपछि छोरीहरूका अबोध मुहार हेरेर केही भन्छ याचनापर्ूण्ा नजरमा । लाग्दथ्यो उस्ले माफी माग्दैछ । त्यसपछि उठेर ढोकाको आग्लो खोलेर बाहिर निस्कन्छ । एक नजर फेरि हर्ेन फक्र्यो लाग्दैथ्यो अन्तिम पटक हर्ेर्दैछ, आफ्नो सानो परिवार ।
नजिकै रिक्सा बांधिएको थियो, उस्को कमाइखाने भांडो । पन्ध्र वर्षन्दा बढी उस्ले त्यो रिक्सालाई चलाएको थियो । पन्ध्र वर्षा उस्ले हजारौं यात्रुहरूलाई गन्तव्यसम्म पुर्यायो । तर आफू जहांको त्यही नै थियो । उस्को जे थियो यै एउटै रिक्सा । आफ्नो सबैभन्दा प्यारो वस्तु ।
त्यसपछि बीरमान जाडोमा निठूरिदै शून्य सडकमा हात बांधेर हिंड्दै बाक्लो हुस्सु र तुंवालो भित्रै हराउंछ । त्यसपछि उ कहां गयो कसैलाई थाहा भएन ।
-सत्यकथामा आधारित
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment