वीरगंज, २ साउन/ अज्ञात समूहले वीरगंज उपमहानगरपालिका मुर्लीस्थित नेपाल खाद्य संस्थानको शौचालयमा राखेको सकेट बम सुरक्ष्ँाकर्मीले निक्रिय पारेका छन् ।
आज बिहान १०ः४५ बजे कालीजंग गण वीरगंजका सेनाको बम डिस्पोजल टोलीले सो सकेट बम निक्रिय पारेका हुन । बम निष्त्रिmय गर्ने क्रममा संस्थानको कार्यालय र शौचालयमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
यसैबीच सो बम विस्फोटको जिम्मेवारी नेपाल गरिबी निवारण जंगवादी पार्टर्ीी बारा- पर्सा इन्चार्ज कुमारले लिएको दाबी गरेको छ ।
त्यसैगरी वीरगंज, घण्टाघरमा हिजो दिउंसो ५ः३० बजे बम विस्फोट हुंदा दर्ुइ जना घाइते भएका छन् । घाइते हुनेमा सत्य सन्देश दैनिकमा कार्यरत एवं नेपाल पत्रकार महासङ्घ, पर्सर्ाााखाका सदस्य प्रकाश तिवारी घाइते भएका छन् भने देवनारायण साहको देब्रे छातीमा र्छरा लागेर घाइते भएको हुन् ।
अज्ञात समूहले राखेको टाइम बम विस्फोट हुंदा कामविशेषले सो ठाउंमा पुगेका पत्रकार तिवारी मोटरसाइकलमा उत्रिनासाथ विस्फोटमा परी घाइते भएका थिए । उनको पिठ्यूंमा सात ठाउंमा र्छरा लागेको छ ।
वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई राति नैं काठमाडौं लगिएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment