करेन्ट लागेर एकको मृत्यु

Posted on
  • Jul 19, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ४ साउन/ इन्डियन आयल कर्पोरेशन भारत, रक्सौलबाट इन्धन लिएर र्फकदै गरेको एक ट्रकका सहचालकको करेन्ट लागि मृत्यू हुनुका साथै चालक गम्भीर घाइते भएका छन् ।
    गए राती पौने ११ बजे रक्सौलबाट ना ३ ख ५८५७ नंंको ट्रकमा इन्धन भरी गाडी रोकेर तेल झार्दै गर्दा सडक छेउमा अचानक करेन्ट लागेपछि धादिङ नौबिसेका १७ बर्षर्ीीपुरुषोत्तम भण्डारीको मृत्यु हुनुका साथै ट्रकचालक धादिङ नौबिसे कै २६ बर्षर्ीीनिरञ्जन श्रेष्ठ घाइते भएका हुन् ।
    करेन्ट लागि घाइते भएका दुबैलाई वीरगंजस्थित नारायणी उपक्ष्ँेत्रीय अस्पताल लेजाने क्रममा ट्रकका सहचालक भन्डारीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा जनाएको छ ।


    भारतभन्दा नेपालको समाचारमूलक कार्यक्रम उत्कृष्ट-लाठ

    वीरगंज, ४ साउन/ वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गणेश लाठले भारतभन्दा नेपालको समाचारमूलक कार्यक्रमहरु उत्कृष्ट भएको बताउनुभयो । शुक्रवार सा“झ होटल मकालुको सभाकक्षमा एभीन्यूज च्यानलको वाषिर्कोसत्वको कार्यक्रममा मन्तव्य दिंदै अध्यक्ष लाठले एभीन्यूजको आफनै प्रस्तुती खबरभित्रको खबर कार्यक्रम नेपालकै उत्कृष्ट रहेको भन्नुभयो ।
    उपभोक्ता हित संरक्षण मंच, पर्सर्ाा एभी न्यूज टेलिभिजनले धाक धम्की र प्रलोभनमा नपरी टेलिभिजनमार्फ समाजको समस्यालाई उजागर गर्न अहं भूमिका निर्वाह गरेवापत एभीन्यूज ब्युरो इन्चार्ज महेश दासलाई कदर प्रदान प्रदान गरेको थियो ।
    स्वागत मन्तव्यको क्रममा दासले आफनो टिमले यस क्ष्ेात्रबाट पठाएको समाचारको बारेमा चर्चा गर्नुभयो ।
    विभा लुइटेलले संचालन गर्नुभएको वाषिर्कोत्सव तथा पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथि एवं न्यूज डाइरेक्टर भाष्करराज कणिर्कारले पत्रकार र पत्रकारिताबाट हटेर एउटा छुट्टै प्रस्तुत गर्ने सोच राखेको बताउनुभयो । उहांले स्थानीयस्तरको समाचारलाई समेटेर बनाएको प्रस्तुती खबरभित्रको खबरलाई मन पराएकोमा धन्यवाद दिनुभयो ।
    कार्यक्रममा केदार कोइराला, पर्सर्ाांवाददाता जीतेन्द्र साह, क्यामरा म्यान नितेश माथेमा, विभिन्न जिल्लाका एभीन्यूज संवाददाताहरु, डिआइजी किरण गौतम, एसएसपी रमेशशेखर बज्राचार्य, एसपी योगेश्वर रोमखामी, प्रजिअ भोलाप्रसाद शिवाकोटी, वीरगंज फाइनान्स लि.का विजय सरावगी, भारतीय महावाणिज्य दूतावासका जोन सिल्सी, विभिन्न राजनैतिक दलहरुका प्रतिनिधि, मानवअधिकारवादी, नेपाल पत्रकार महासंघ पर्सर्ाा सभापति शत्रुघन नेपाल, प्रेस काउन्सीलका केन्द्रीय सदस्य दीपेन्द्र चौहान, उपभोक्ता हित संरक्षण मंच, नेपालका अजयकुमार अधिकारी, लगायतको उपस्थिति रहेको सो कार्यक्रम एभी न्यूजका क्षेत्रीय ब्यूरो इन्चार्ज महेश दासको सभापतित्वमा सम्पन्न भएको थियो ।


    पीडित बालकलाई सहयोग

    वीरगंज, ४ असार/ ४ महिनादेखि नाकको नसा बढेको कारण अति अस्वस्थ्य एक बालकलाई वाइसीएलले आर्थिक सहयोग रकम जुटाएको छ ।
    वीरगंज उपमहानगर पालिका वडा नं. ९ रामटोल निवासी धु्रव साह सोनारका १४ वषर्ीय छोरा सुनील साह सोनार सो रोगबाट पीडित भएपछि आर्थिक अवस्था कमजोर हुनाले रोगको उपचार नपाई छटपटाइरहेकोमा वडा नं. ९ वाइसीएल एकाइ समूहका इन्चार्ज राजु गिरीको विशेष पहलमा वडाबासीहरुबाट संकलित रु १३, २७३ रकम औषधि उपचारको लागि पीडित बालकको आमालाई प्रदान गरिएको छ ।

    घन्टाघरमा बम विषफोट

    वीरगंज, ४ साउन/ अज्ञात समुहले वीरगंजको घटाघरमा बम विस्फोट गराएको छ ।
    हिजो सांझ नम्बर खुल्न नसकेको मोटरसाइकलमा आएका दुइ जनामध्ये पछाडि बस्नेले बम फालेर गएको प्रत्यक्षदर्शीले बताएका छन् । बम विस्फोटपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन।

    0 comments: