वीरगंज, १२ असार/ लागुपदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा वीरगंजमा विभिन्न कार्यक्रमकासाथ सम्पन्न भयो ।
आज गैरसरकारी संस्था सानो पाइला वीरगंजले पंचेबाजा र लाखे नाचसहितको र्याली निकाली नगर परिक्रमा गर्यो ।
सानो पाइलाका अध्यक्ष कञ्चन झाको अध्यक्षतामा निकालिएको र्यालीमा लागू औषध सेवनप्रति आजैदेखि सचेत होऔं, अनमोल जीवन नशा सेवन गरेर बर्बाद नगरौं भन्ने नारायुक्त प्लेकार्ड बोकेरनगरका २० वटा स्कूलका कक्षा ८ देखि १० सम्मका छात्रछात्रा, लागू औषध दर्ूर्व्यसनी, समाजसेवीहरुले नगर परिक्रमा गर्दै नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा पुगेर कोणसभामा परिणत भएको थियो ।
अन्तरक्रिया कार्यक्रम सम्पन्न
वीरगंज, १२ असार/ घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा घरेलु तथा साना उद्योगसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
आज सो अन्तरक्रियामा वीउवासंघका रोजगारदाता समितिका सभापति तथा संघका उपाध्यक्ष सत्यनारायण मित्तलले घरेलु तथा साना उद्योगको समस्या तथा समाधानका उपायबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने दिगो औद्योगिक विकासमा वातावरणीय सचेतना एवं उत्पादकत्व अभिवृद्धि बारेमा वातावरणविज्ञ सुदीप गौतमले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गणेश लाठले सभापतित्व गर्नु भएको सो अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटी रहनुभएको थियो भने अतिथिका रुपमा वीउवासंघका उपाध्यक्ष अशोककुमार टेमानी, उपाध्यक्ष सत्यनारायण मित्तल, घरेलु तथा साना उद्योगका प्रमुख रामचन्द्र पौडेल, इलम हेल्भेटासका प्रमुख चन्द्रकान्त अधिकारी, घरेलु तथा साना उद्योगका प्रमुख रामचन्द्र पौडेलले मन्तव्य प्रकट गर्नुभएको थियो ।
सो अन्तर्क्रिया कार्यक्रमको संचालन वीउवासंघका मनोज उपाध्यायले गर्नुभएको थियो ।

0 comments:
Post a Comment