प्रहरी र प्रदर्शनकारीबीच झडप, दुइ घाइते

Posted on
  • Jun 23, 2008
  • by
  • mukesh
  • in

  • वीरगंज, ९ असार/प्रहरीले हिजो गोली प्रहारको आरोपमा पक्राउ गरेको एक युवक निर्दोष भएको बताउंदै निजका परिवारजनले आज वीरगंजमा पर््रदर्शन गरेको छ ।
    आज बिहान वीरगंज छपकैया मेनरोड अगाडि टायर बालेर पर््रदर्शन गर्नुका साथै नाराबाजी गरेका थिए । पर््रदर्शनकै क्रममा महिला समूह र प्रहरीबीच भिडन्त भएको छ । भिडन्तमा दर्ुइ जना घाइते भएका छन् ।
    भिडन्तमा प्रदर्शनकारी सरु नेशालाई प्रहरीले लठ्ठी प्रहार गरी घाइते बनाएका थिए भने प्रहरीतर्फविर्ता वडा प्रहरी कार्यालयका जवान टेकबहादुर मल्ल घाइते भएका छन् ।
    प्रहरीले वीउमनपाका इन्जिनियर सुनील कर्ण्र्ााई गोली हानेको आरोपमा वीरगंज छपकैया बस्ने २४ वषर्ीय शेख नसिमलाई पक्राउ गरेको विरोधमा आज सो प्रदर्शन भएको हो ।
    प्रदर्शनकारीहरुले नसिमका परिवारजनले आईतवार नेपाल पत्रकार महासङ्घ, पर्सर्ाा एक पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ गरेको शेख नसिम निर्दोष भएको दाबी गर्दै आएका छन् । उनीहरुले शेष नसिमलाई प्रहरीले झूटो आरोपमा फसाएर कुटपिट गरेको बताएका थिए ।
    आज झडपपछि सो क्ष्ँेत्र एक घण्टा तनावग्रस्त भएको थियो । प्रदर्शनका क्रममा झडपमा घाइते भएकी महिला नसिमकी आमा रहेकी छन् ।



    छुट्टाछुट्टै सडक दर्ुघटनामा १७ जना घाइते
    वीरगंज, ९ असार/ छुट्टाछुट्टै सडक दर्ुघटनामा १७ जना घाइते भएका छन् ।
    आज बिहान वीरगंजबाट जनकपुरतर्फगइरहेको ना ३ ख ४८९८ नम्बरको यात्रुवाहक बस निजगढको १६ किलोमिटर भन्ने स्थानमा पल्टिदा १३ जना घाइते भएका हुन् ।
    घाइते हुनेहरुमा मकवानपुर-१, र्राई गाउं बस्ने २५ वषर्ीय विष्णुमाया थोकर, चन्द्रमान थोकर, वीरगंज-१९ बस्ने २८ वषर्ीय उत्तम शर्मा, जितपुर-३, बारा बस्ने जमिरी साह, मोहन राउत, बारा -७ पर्र्सौनी बस्ने विश्वकेतुप्रसाद कलवार, र्सलाही लक्ष्मीपुर-३ बस्ने शाहीद साह, बारालिपनीमाल-१ बस्ने नूरमहम्मद हवारी, परवानीपुर-३ बस्ने ४५ वषर्ीय प्रह्लादप्रसाद साह, १० वषर्ीय मुस्कान साह र गम्भीरु घाइते बसका सहचालक वीरगंज-१८ बस्ने जीत बहादुर लामालाई वीरगंजमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरुको नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
    यसैबीच काठमाडौंबाट वीरगंजतर्फआउंदै गरेको नम्बर नखुलेको रोकिरहेको ट्रयाक्टरलाई ना ३ ख १३६ नम्बर निली ट्राभल्स यात्रुवाहक बसले सिमरामा ठक्कर दिंदा तीन जना घाइते भएका छन् ।
    घाइते हुनेमा बारा, जितपुर बस्ने ४० वषर्ीय वकिल हवारी, ६४ वषर्ीय जाकिर खांन, ३७ वषर्ीय रामअयोध्या सहनी रहेका छन् ।
    उता, बारा लिपनीमाल-८ स्थित मुख्य सडकमा ना ८ प १२६८ नम्बरको पल्सर मोटरसाइकल र ना १ त ७६३७ नम्बरको ट्रयाक्टर एकआपसमा जुद्धा मोटरसाइकल चालक विकास राणा सख्त घाइते भएका छन् ।

    0 comments: