वीरगंज, ८ असार/वीरगंज उपमहानगरपालिकाका इन्जिनियर सुनील कर्ण्र्ाा डा. विश्वनाथ भगतलाई गोली हानी घाइते बनाएको आरोपमा प्रहरीले दर्ुइ व्यक्तिलाई पक्राउ गरेको छ ।
आज बिहान जिल्ला प्रहरी कार्यालय पर्सर्ाा अभियुक्त द्वयलाई र्सार्वजनिक गरेको हो ।
जेठ १६ गते सांझ वीरगंज-९ निवासी विश्वनाथ भगतलाई गोली हानी फरार भएका वीरगंज-१९ घर भई आशिकाना रेस्टुरेन्टमा बाउन्सरको कार्य गर्ने सिनोर महतो कोइरी उर्फबन्टा भन्ने व्यक्तिलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।
घाइते विश्वनाथ भगतसंग पटक-पटक फिरौति माग्दा नदिएकोमा बम पडकाउनुका साथै जेठ १६ गते सांझ ५ बजे आशिकाना रेस्टुरेन्टमा ४ जनाको समूहले भगतको हत्या गर्ने योजना बनाई ना २ प ४९३ नम्बरको मोटरसाइकलमा तीनजना चढी निज भगतलाई गोली हानी घाइते बनाइ फरार भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिनोर महतो कोइरीसमेत घटनामा संलग्न रहेको हुंदा आजै कानुन बमोजिम ज्यान मार्ने उद्योेगमा कारबाही चलाइएको र निजबाट बरामद भएको मोटरसाइकलबारेमा थप अनुसन्धान जारी रहेको ज्रि्रका पर्सर्ाा जनाएको छ ।
यसैबीच वीउमनपाका इन्जिनियर सुनील कर्ण्र्ााई २०६४ माघ १४ गते सांझ गोली हानी घाइते बनाएर फरार भएको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज छपकैया बस्ने २४ वषर्ीय शेष नसिमलाई प्रहरीले पुरानो बसपार्कबाट गए राति पक्राउ गरेको हो ।
पीडित इन्जिनियर कर्ण्र्ााई प्रहरीले आज बोलाएर सनाखत गर्ने क्रममा कर्ण्र्ाा पक्राउ परेका शेष नसिमले नै आफूलाई गोली हानेको बताएका छन् ।
पक्राउ परेका अभियुक्त नसिमलाई आजै कानुन बमोजिम कारबाईको लागि हिरासतमा राखिएको छ ।
घटनाबारे ज्रि्रका, पर्सर्ाा प्रमुख योगेश्वर रोमखामीसंग जिज्ञासा राख्दा उहांले वीरगंजमा अपराध गर्ने अपराधीहरुले थप मौका नपाउने र प्रहरी सक्रियता बर्ढाई अन्य विविध आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गरिने बताउनुभयो ।
निषादहरु अनसनमा
वीरगंज, ८ असार/ संविधानसभामा निषाद जातिको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने लगायतको ४ बु“दे माग राखी निषाद संघ नेपाल केन्द्रीय समिति पर्सर्ाा कार्यकर्ताहरु अनसनमा बसेका छन् ।
आज बिहान बीरगंजको घण्टाघरमा बसेको एक दिने अनसन बस्नेहरुमा मेघराज सहनी निषाद, अशोक सहनी, भागीरथ मुखिया, विजयप्रकाश विन, हरदेव सहनी, तेजप्रकाश सहनी, मिक्ष्ँी मुखिया, मृत्युन्जय सहनी, प्रदीप महतो, रामअयोध्या सहनी, जयनारायण मुखिया रहेका छन् ।
अनसनकारीले निषाद समूहलाई संविधानसभामा प्रतिनिधित्व नगराए र मागलाई बेवास्ता गरेमा शान्तिपर्ूण्ा तवरले देशभरि सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment