अपराधिक समूहको आडमा जग्गा छाड्न धम्की

Posted on
  • Jun 20, 2008
  • by
  • mukesh
  • in
  • वीरगञ्ज घर भएका पवनकुमार क्याललाई अपराधिक समूहले घरजग्गा छाड्न धम्की दिएको छ । पटक पटक ज्यान मार्ने धम्की दिएको उजूरी प्रहरीसमक्ष दिएपनि कुनै सुनुवाई नभएको भन्दै उनी राजधानीमा न्याय खोज्दै आइपुगेका छन् ।

    ५ असारमा रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अशोकविक्रम शाहले अपराधिक समूहको आडमा कुटपिट गरको र ज्यान जोगाउन काठमाडौं आएको जानकारी क्यालले गराए । पर्सा जिल्ला अदालते समेत आफ्नो पक्षमा फैसला गरिसकेको अवस्थाम वीरगञ्ज नगरपालिकाभित्रको सात धुर जग्गा नछाडे मार्ने धम्की आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सा पुग्दा पनि सुनुवाई नभएकाले काठमाडौं पलायन भएको बताए ।

    अदालतले आफ्नो पक्षमा गरको फैसलाको कागजादसहित प्रस्तुत भएका क्यालले आफ्नो जग्गामा रहेको धारा, नाद समेत हटाइएको बताए । कुटपिट पछि प्रहरीमा उजूरी गर्दा समेत उजूरी दर्ता नभएको गुनासो गरे ।

    0 comments: