प्रेस काउन्सीलको अनुरोध

Posted on
  • Mar 23, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं १० चैत । हाल प्रचलनमा रहेको पत्रपत्रिका वितरण संपरीक्षणको मापदण्ड र प्रकि्रया -२०६४ लाई परिवर्तित सन्दर्भमा संशोधन एवं परिमार्जन गरी अझै वैज्ञानिक वस्तुनिष्ठ एवं सरल बनाउन अपरिहार्य देखिएकोले सो प्रयोजनका लागि प्रेस काउ_िन्सल नेपालले काउ_िन्सलका सदस्य गोविन्द आचार्यको संयोजकत्वमा १ महिनाभित्र प्रतिवेदन बुझाउने गरी कार्यदलसमेत गठन गरेको जानकारी गराइएको छ।

    कार्यदलले आफनो कार्य प्रारम्भ गरिसकेको छ। यसै सन्दर्भमा सम्बन्धित सरोकारवाला साचारमाध्यमसंग पनि वर्गीकरण मापदण्डका विषयमा राय सुझाव माग गर्ने भन्ने कार्यदलको निर्णयानुसार पत्र लेख्ने कार्य गरिएको छ ।

    पत्रपत्रिका वितरण संपरीक्षणको मापदण्ड र प्रकि्रया -२०६४ लाई गहन रुपमा अध्ययन गरी त्यसमा के कस्तो परिमार्जन गर्न आवश्यक छ त्यस विषयमा बुंदागत रुपमा आफनो राय सुझाव ७ दिनभित्र लिखित रुपमा काउ_िन्सलमा उपलब्ध गराई मापदण्ड परिमार्जन कार्यमा सहयोग गरिदिनु हुन पत्रपत्रिका वितरण संपरीक्षणको मापदण्ड र प्रकि्रया परिमार्जन कार्यदलका सचिवले आग्रह गरेका छन्।

    पत्रपत्रिका वितरण संपरीक्षणको मापदण्ड र प्रकि्रया-२०६४ पढ्न एवं डाउनलोड गर्न कृपया तलको िलंकमा क्लिक गर्नुहोस।
    http://www.box.net/shared/efkazzcamo

    0 comments: