ठाराब क्याम्पसमा नेविसंघ स्वतन्त्र विजयी

Posted on
  • Mar 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज १० चैत। ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ स्वतन्त्र समूहका मुकेश द्विवेदी सभापतिमा विजय भएका छन्।
    त्यस्तै उपसभापतिमा नेविसंघ आधिकारिक समूहका प्रमोदप्रसाद यादव सचिवमा नेविसंघको अर्को स्वतन्त्र समूहका राकेश यादव सहायक सचिव बैधनाथ यादव बैजु कोषाध्यक्ष फूलमाला श्रेष्ठ सदस्यहरुमा नविनकुमार बराल अमितकुमार यादव नागेन्द्रप्रसाद थारु शिवशंकर महतो दिलीप श्रीवास्तव मनोजकुमार साह सुनील बस्नेत मनोजकुमार यादव धर्मप्रसाद यादव र खुश्वु श्रीवास्तव निर्वाचित भएका छन्।

    मध्य तराईको पुरानो क्याम्पस ठाकुराम बहुमुखि क्याम्पसमा नेपाल विद्यार्थी संघले करिब २० बर्ष देखि जारी जितलाई निरन्तरता दिदै स्वतन्त्र विद्यार्थी युनियनको सम्पूर्ण पदमा विजय हासिल गरेको हो। हालाकी गत दुई बर्ष देखि काँग्रेस पार्टीले घोषणा गर्ने गरेको आधिकारीक उमेद्वार पराजित हुने परम्परा यस पटक पनि दोहोरिएको छ। स्ववियु सभापतिमा नेवि संघबाट स्वतन्त्र उमेम्द्वारी दिएका मुकेश द्विवेदी ५ सय ९८ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धि अर्को नेवि संघ स्वतन्त्रका नविन िसंहले ४ सय ९६ मत प्राप्त गरेका थिए। त्यस्तै नेवि संघ आधिकारीकका प्रमोद यादव उपसभापतिमा ५ सय ८ मतका साथ विजयी भएका छन्। सचिवमा नेवि संघ स्वतन्त्रका राकेश यादव ५ सय ६५ मतका साथ सहसचिवमा अध्यक्ष पक्षधर नेविसंघ स्वतन्त्रकै बैधनाथ यादव ४ सय ९७ मतका साथ विजयी भएका छन्। कोषध्यक्षमा नेवि संघ स्वतन्त्रका अध्यक्ष पक्षधर फुलमाया श्रेष्ठ ४ सय ७२ मतका साथ विजयी भएका छन्। सय पटक नेविसंघकै तर्फबाट पांच वटा छुट्टाछुट्टै प्यानल चुनावमा लडेका थिए। शुक्रबार राती देखि शुरु भएको मतगणनाको अन्तिम परिणामको आधिकारीक घोषणा आज विहान ४ बजे गरिएको थियो।

    0 comments: