बेलदारी गाविसमा श्री विष्णु महायज्ञ सुरु

Posted on
  • Mar 20, 2009
  • by
  • mukesh
  • in
  • हर्दिया, ७ चैत/ बारा जिल्लाको बेलदारी गाविसमा श्री विष्णु महायज्ञ सुरु भएको छ। नौ दिनसम्म चल्ने सो यज्ञको जलयात्रामा हजारौं नरनारीहरुको सहभागिता थियो। महायज्ञ बाबा श्री श्री १००८ रामगोबिन्द महाराज महामण्डलेश्वरले सुरु गरेका थिए।
    महायज्ञ मेला समितिका अध्यक्ष योगेन्द्रप्रसाद यादवले विगत सालको तुलनामा यसपालिको मेलामा उचित व्यवस्था गरिएको बताए। २५-३० वटा मर्ूर्ति मेलामा रहेका छन् । महायज्ञमा भारतको अयोध्या, काशी, प्रयास, बृन्दावन, पटना र मोतीहारीका प्रवचनकर्ताहरु आएका छन्। मेलामा राति रासलिला हुने गरेको छ। रासलिला हर्ेन हर्दिया, मझरिया, प्रि्राती, गोलगांवा, गुलरिया, बेनौली र स्रि्रौनगढका हजारौं जनताको घुंइचो लाग्ने गरेको छ। चैत ११ गतेसम्म रहनेसो महायज्ञले मधेशमा शान्ति, सुरक्ष्ँा कायम हुने जनविश्वास छ।

    श्रीकृष्ण युवा क्लबको गठन

    हर्दिया, ७ चैत/ बारा जिल्लाको मझरिया गाविसको धर्मपुर टोलमाश्रीकृष्ण युवा क्लबको गठन गरिएको छ । सो क्लबको अध्यक्षमा सुरेन्द्रप्रसाद यादव, उपाध्यक्ष कृष्णाप्रसाद यादव, सचिव देवेन्द्र यादव, सहसचिव अवधलालप्रसादयादव, कोषाध्यक्ष बुनिलाल यादव लगायत रहेका छन् ।
    यसैवीच बाराको हर्दिया गाविसमा रहेको सूर्योदय युवा क्लबले सरसफाइ कार्यक्रम गरेको छ।
    क्लबका केही सदस्यहरुले वडा-वडामा गइ सरसफाइको बारेमा जनचेतना फैलाएका थिए। गाउलेहरुले पनि सरसफाइ कार्यक्रममा सहयोग गरेका थिए।

    0 comments: