बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधन मा तोडफोड तथा सडक अवरुद्ध

Posted on
  • Mar 5, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २२ फागुन/ थारूहट संयुक्त सर्ंर्घष समितिले तर्राईमा जारी आन्दोलनलाई निरन्तरता दिएपछि बारा, पर्सा, रौतहट, चितवन लगायत तर्राईको जनजीवन प्रभावित भएको छ।
    आदिवासी र थारू समुदायलाई मधेसीमा सूचीकृत गर्ने गरी सरकारले जारी गरेको अध्यादेश खारेज नगरिएको भन्दै थारु कल्याणकारीसभाले अनिश्चितकालका लागि बन्दको आह्वान गरेको हो।
    आज बन्दको अवज्ञा गरेको भन्दै केही सवारीसाधनमा पर््रदर्शनकारीहरुले तोडफोड गर्नुको साथै विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि यात्री र सवारीसाधन अलपत्रमा परेका छन् ।
    आज विहान ५ बजे चितवनको रत्ननगर-१ १ सौराहा चोकमा पर््रदर्शनकारी र यात्रुहरु बीच झडप हुंदा ५ बसको शिशा तोडफोड भएको छ भने झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले १ राउन्ड अश्रुग्यांस प्रहार गरेको थियो।
    त्यसैगरी बिहान ६ः३० बजे बकुलर चोकमा बन्दकर्ताले ७/८ वटा ट्रकको सिसा फुटाएको छन्। चितवनको चौबिसकोठी, वैरेनी, भण्डारा, टांडी, सौराहाचोक, ज्यामीरे चोकमा बन्दकर्ताहरुले बाटो अवरोध गरेको प्राप्त समाचारमा उल्लेख छ। यसैगरी रौतहटको चन्द्रनिगाहपुरमा बन्दकर्ताहरुले बाटो अवरोध गरेका छन् भने र्सलाहीमा आज बिहान १०ः३० बजे लालबन्दी-१ स्थित महेन्द्र राजमार्गमा थारु कल्याणकारी समाजका अध्यक्ष दर्ुगालाल चौधरीको नेतृत्वमा ४०/५० जनाको समूहले ढुंगा मुढा तर्ेसाई बाटो अवरोध गरेको छन्। आजै विहान ८ः४० बजे देखि हरिपुर-९ स्थित नवलपुर-मलंगवा सडकखण्डमा ढुंगा मुढा तर्ेसाई बाटो अवरोध गरेका छन् । सडक अवरुद्ध भएपछि चितवनको -खैरहनीमा पर्ूव तर्फजाने ८/१० वटा बस, १७५/२०० वटा ट्रक, सानो गाडी ३/४ वटा र यात्रु करिब ५०० जना अलपत्र परेका छन् भने पश्चिमतर्फजाने बस ७/८ वटा, ट्रक १५० वटा, सानो गाडी ३/४ वटा, यात्रु ४०० जना अलपत्र परेका छन्। टांडीमा पर्ूव तर्फजाने १५० वटा बस, ५० वटा ट्रक, १०/१२ वटा सानो गाडी, यात्रु करिब ७/८ सयजना अलपत्र परेका छन् भने पश्चिमतर्फजाने बस ३०० वटा, १०० वटा ट्रक, ८/१० वटा सानो गाडी र यात्रु अन्दाजी १३/१४ सय जना अलपत्रमा परेका छन्। भण्डारामा पर्ूवतर्फजाने १५/२० वटा बस, ३०/४० वटा ट्रक यात्रु करिब ३०/४० जना यात्रुहरु अलपत्रमा पर्नुको साथै पश्चिमतर्फजाने ३/४ वटा बस, ६०/७० वटा ट्रक, यात्रु अन्दाजी १०० जना अलपत्रमा रहेका छन्।
    र्सलाहीको लालबन्दीमा १ वटा बस, रौतहटको चन्द्रनिगाहपुरमा पर्ूवतर्फजाने बस ३ वटा, ट्रक १० वटा पश्चिमतर्फजाने बस १ वटा र ट्रक ४ वटा अलपत्रमा परेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ।

    तोडफोडको विरोधमा चक्काजाम

    बारा, २२ फागुन/ बन्दको आह्वान गरेका थारु पर््रदर्शनकारीले बसको शिशा तोडफोड गरेपछि क्षतिपर्ूर्तिको माग गर्दै स्थानीयबासीले सडक अवरुद्ध गरेका छन्।
    बुधवार सांझ ६ बजे बीरगंज-पथलैया सडकखण्डको भवानीपुर जीतपुर-३ मा थारुहरुले बन्दको अवज्ञा गरेको भन्दै ना.३ ख. १६४८ नं. को बसको ३/४ वटा शिशा फुटाएका हुन्। सोही घटनाको विरोधमा बस साहु लगायत अन्य ३५/४० जना स्थानीय बासिन्दाहरुले सो स्थानमा बस तर्ेसाई क्षतीपर्ूर्तिको मांग गर्दै सडक अवरुद्ध गरेका थिए।

    हतियारसहित एकजना स्थानीयबासीको नियन्त्रणमा

    बारा, २२ फागुन/ हतियारसहित एकजनालाई स्थानीयबासीले पक्राउ गरेको छ।
    गए राति ११ बजे मझरिया-६ का स्थानीय बासिन्दाहरुले कचोर्वा-६ बस्ने बर्ष१९ को ननक दासलाई १ नाल कटुवा र ३०३ र्राईफलको गोली २ राउण्ड सहित पक्राउ गरेका हुन्।
    दासलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

    सहमति कार्यान्वयन गराउन कैदीहरु अनसनमा

    महोत्तरी, २२ फागुन/ संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चासंग सरकारले गरेको ५ बंुदे सहमति कार्यान्वयन गराउन माग राख्दै महोत्तरी कारागारमा कैदीबन्दीहरुले अनसन बसेका छन्।
    आज बिहान ९ बजे कारागार शाखामा कैदी हरिनारायण महत्तोको नेतृत्वमा ५ जना अनसन बसेका हुन्।

    सडक दर्ुघटनामा दुइजना घाइते

    सिन्धुली, २२ फागुन/ बसको छतबाट खसेर एकजना घाइते भएका छन्। आज बिहान ११ बजे क.न.पा.-७ गडौली खोलामाथि लुंगेलीटारमा बा १ ख ८३०८ नं.को बसको छतबाट खसेर हरिथुम्का बस्ने बर्ष२४ को तुलाबहादुर बल घाइते भएका हुन्।
    घाइतेको उपचार सिन्धुली अस्पतालमा भइरहेको छ भने चालक प्रहरीको नियन्त्रणमा छ।
    यसैगरी मोटरसाइकलको ठक्करबाट एकजना घाइते भएका छन्। बुधवार दिउंसो ४ः२५ बजे गजुरी-२ स्थितमा बा.३१ प.४४६१ नं.को मोटरसाइकलले सोही स्थान बस्ने करिब ५०/५५ बर्षो मान बहादुर लामालाई ठक्कर दिएपछि घाइते भएका हुन्।
    मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने र्घाईतेलाई उपचारको लागि काठमाडौ पर्ठाईएको प्रहरीले जनाएको छ।

    0 comments: