हरि शर्मा
नवलपरासी २४ फागुन । थरुहट संर्घष्ा समितिद्वारा आव्हान गरिएको अनिश्चितकालीन बन्दकोे छैठो दिन आज पनि नवलपरासीको जनजीवन प्रभावित वन्न पुगेको छ।
बन्दका कारण नवलपरासीमा रहेका उद्योग, कलकारखाना, यातायात, शैक्षिक संस्था, पसल व्यवसाय पर्ूण्ारुपले वन्द भएका छन् भने राजमार्ग र सहायक वाटोसमेत सवारी साधन चल्न सकेका छैनन्।
यसैवीच वन्दको अवज्ञा गरेर सवारी साधन चलाएको जनाउ“दै वन्द आव्हानकर्ताले लुम्बिनीवाट काठमाण्डौ तर्फजांदै गरेको बा. १ ज ५९ १८ नम्बरको टोयटा कारलाई तिलकपुरको वासावसहीमा आगजनी गरेका छन्। कावासोतीवाट नारायणगढतर्फजांदै गरेको ना १ ख ८५८६ नम्बरको वसलाई रजहरमा तोडफोड गरेका छन्।
वन्द आव्हानकर्ताले हिजोदेखि सरावल, तिलकपुर, पंचनगर र मनरि गाउं विकास समितिको कार्यालयमा समेत ताला वन्दी गरिदिएका छन् ।
वन्द आव्हानकर्ताहरुले आज विहानै देखि विभिन्न स्थानमा बसेर पर््रदशन गरिरहेका छन् । दिन प्रतिदिन वन्द खुला हुने भन्दा झन भन्दा झन कडा हुंदै गएको छ । बन्दले स्थानीय जनजीवन कष्टकर वन्दै गएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment