नवलपरासीको क्षेत्र नं ६ आज पनि वन्द

Posted on
  • Mar 15, 2009
  • by
  • mukesh
  • in
  • हरि शर्मा
    नवलपरासी, २ चैत। आजदेखि तराइ वन्द खुला भए पनि नवलपरासीको क्षेत्र नं ६ भने वन्द नै रहेको छ।
    थारुहरुलाई अभद्र व्यवहार गरेको जनाउंदै थारु समुदायले हिजो कुडिया गाउं विकास समिति वडा नं. ३ वस्ने लोरिक यादव सहित ५ जनाको घर तोडफोड गर्नुका साथै सवारीसाधनमाथि आगजनी गरेपछि स्थानीय प्रशासनलाई समयमै खवर गरे पनि प्रशासन मौन रहेको आरोप लगाउंदै आज तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी क्षेत्र नं. ६ वन्द आव्हान गरेको हो।
    सो क्षेत्रमा रहेका पसल व्यवसाय, शैक्षिक संस्था, यातायात वन्द छन्। विहानैदेखि तमलोपाका कार्यकर्ताहरुले क्षेत्र नं ६ का विभिन्न स्थानमा थारुविरुद्ध नारावाजी गरेका छन्। घटना घटाउनेहरुलाई कारवाही र क्षतिपर्ूर्तिको मांग गर्दै तमलोपाले इलाका प्रहरी कार्यालय वेलाटारीमार्फ जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पठाएको छ। अहिले क्षेत्र नं ६ का विभिन्न स्थानमा संभाव्य घटना हुन नदिन जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको नवलपरासीका प्रहरी उपरीक्षक श्यामवहादुर खत्रीले बताउनु भयो।
    उता हिजो भएको झडपमा अर्को समूहवाट पांच राउण्ड हवाई फायर भएको जनाउंदै थारु समुदायले हवाई फायर गर्नेलाई प्रहरीले पक्राउ गर्ने तर्फचासो नदेखाएको आरोप लगाएको छ। दोहोरो झडप शुरु हुंदा प्रहरीले अश्रुग्यांस प्रहार गर्ने क्रममा अर्को समूहवाट हवाई फायर भएको थारु समुदायले बताएको छ।
    घटनामा खटिएका एक प्रहरीले अर्को समूहवाट हवाई फायर भएको वताए पनि नवलपरासीका प्रहरी उपरीक्षक श्याम वहादुर खत्रीले भने अर्को समूहवाट हवाई फायर भएको सुनिए पनि आधिकारिक जानकारी नपाएको दावी गर्नु भयो।

    0 comments: