सत्ता कब्जा गरेर देखाउ- बबन सिंह

Posted on
  • Jan 17, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ४ माघ/ संविधान सभासद् बबन सिंहले प्रधानमन्त्रीले सत्ता कब्जा गर्छर्ुुन्ने दिएको अभिव्यक्ति कार्यान्वयन गर्न चेतावनी दिएका छन् ।
    आज मधेशी टे्रड युनियन महासंघ नेपाल र मानव सशक्तिकरण समाज नेपालको संयुक्त आयोजनामा वीरगंजको नगर सभागृहमा वैदिक महायज्ञ र शहीदहरूको श्रद्धाञ्जलिसभामा बोल्दै सिंहले भने-प्रधानमन्त्रीले सक्छन् भने सत्ता कब्जा गरेर देखाओस् ।
    सभासद सिंहले देश तथा मधेशको लागि प्राणको आहुति दिने वीर शहीदहरूको आत्मामा चीर शान्तिको कामना गर्दै ५४ जना शहीद परिवारलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए ।
    श्रद्धाञ्जलिसभामा नगर सभागृहमा वैदिक महायज्ञ, भजन, किर्तन, ज्ञात, अज्ञात शहीदहरूमा आहुति अर्पण गरिएको थियो ।

    मधेशवादी दलको ध्यानकर्षणमा फोटो पर््रदर्शनी

    वीरगंज, ४ माघ/ मधेश आन्दोलन सत्ता प्राप्तिका लागि नभएर अधिकार प्राप्तिका लागि भएको भन्दै मधेशवादी दलका नेताहरूको ध्यानाकर्षा गराउन फोटो पर््रदर्शनीको गरिएको छ ।
    आज स्वतन्त्र मधेशी युवा फोर्सले वीरगंजको घण्टाघरमा मधेश आन्दोलनमा शहीद भएकाहरूको फोटो पर््रदर्शनी गरेको हो ।
    वीरगंजका फोटो पत्रकार राम र्सराफ, नितेश माथेमा, पंकज श्रेष्ठ, राम क्षेत्री, सुबोध सिंह, राजु श्रेष्ठले खिंचेको १ सय ४ वटा फोटोहरू पर््रदर्शनीमा राखिएको युवा फोर्सका केन्द्रीय अध्यक्ष्ँ महताज आलमले बताउनुभयो ।

    नागमणी किनबेचको आरोपमा ५ जना पक्राउ

    वीरगंज, ४ माघ/ नागमणी किनबेच गरेको आरोपमा प्रहरीले पांचजनालाई पक्राउ गरेको छ ।
    गए राति वीरगंज नया“ बसपार्कस्थित लामा होटलबाट मकवानपुर चुरियामाइ-५ बस्ने सरस्वती घलान, उदयपुरको त्रिवेणी गाविस-१ बस्ने सोमवहादुर तामाङ, रामेछापको खिम्ती गाविस-१ बस्ने सीता खत्री, काभ्रेपलान्चोक खरेलथोक-२ बस्ने विष्णु सापकोटा, पोखरा-७ बस्ने हरिबहादुर चौहान रहेका छन् ।
    उनीहरूको साथबाट रातो गुच्चा आकारको नागमणी फेला परेको प्रहरीले जनाएको छ । यद्यपि सो नागमणी नक्कली हो कि सक्कली हो प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    महिला जागृति विकास मंचको साधारणसभा


    वीरगंज, ४ माघ/ महिला जागृति विकास मंचको ९ औं साधारणसभाबाट रमारानी श्रेष्ठ अध्यक्ष्ँ पदमा र्सवसम्मतिले चयन भएको छ ।
    आज माईस्थान मन्दिरमा सम्पन्न साधारण सभाको नयां कार्यसमिति चयन गरेको हो ।
    सोसमितिको उपाध्यक्षमा गायत्री श्रेष्ठ, सचिव जानकी हाडा, कोषाध्यक्ष्ँ अंजु श्रेष्ठ, सहसचिव अमृता वैध, सदस्यहरू शान्ति अमात्य, मंजु श्रेष्ठ, कृष्णराज भण्डारी, रमा रावल, मिरा प्रधान, सुनीता श्रेष्ठ रहेका छन् ।

    0 comments: