वीरगंज, ३ माघ/ भयमुक्त पत्रकारिताको वातावरण वनाउन पत्रकारहरुले सशक्त दवाव एवं निष्पक्ष, सत्य तथ्य, विश्वसनीय र सन्तुलित समाचार संकलन र सम्प्रेषण गरे मात्र संभव हुने वक्ताहरुले जोड दिएका छन् ।
आज नेपाल आमसंचार मंच -फोमन) पर्सा शाखाले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित ँभयमुक्त संचार क्ष्ँेत्र र यस्को निदान’ विषयक अन्तरक्रियामा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दासलले पत्रकार उमा सिंहको हत्यारामाथि कारवाही नगरिएसम्म पत्रकारहरुको आन्दोलन जारी रहने वताए ।
साउथ एसिया प्रिm मिडिया एसोसिएसन -साफमा)का रिजनल कोअर्डिनेटर चन्द्रकिशोर झाले मधेश द्वन्द्व भूमिमा परिणत भइरहेको भन्दै पत्रकार उमा सिंह कै हत्या पहिलो र अन्तिम होइन, मानवीय समाजमा पत्रकार लगायत सामान्य नागरिकको विरुद्ध सवै, सधै र्सतर्क रहनु पर्दछ वताए ।
उनले भने- मधेशमा रहेका ३३ वटा सशस्त्र समूहले र्सवसाधारण जनतालाई आक्रमण गरेको छ, राज्यमाथि आक्रमण गरेको छैन
नेपाल आमसंचार मंचका केन्द्रीय उपाध्यक्ष्ँ सर्ुदर्शनराज पाण्डेले पर्सा जिल्ला र तराइका अन्य जिल्लामा पत्रकारहरुवीच एकता पर््रदर्शन हुनुपर्नेमा जोड दिंदै एउटा पत्रकारको खुट्टामा का“डा विझ्दा अर्कोले पीडा महसुस गर्नुपर्ने वताए ।
नेपाल पत्रकार महासंघ पर्साका सचिव केसी लामिछानेले २८ जना पत्रकारहरुको नेपालमा हत्या भइसकेको छ, कसैको निहित स्वार्थपर्ूर्तिका लागि पत्रकारिता गरिन्छ भने त्यो पत्रकारिताको परिभाषाभित्र पर्दैन वताए ।
अन्तरक्रियामा मेची महाकाली मिडिया सोसाइटी पर्साका अध्यक्ष श्रीराम रायमाझी, क्रान्तिकारी पत्रकार संघ, पर्साका सचिव कृष्ण उदास खनाल, नेपाल पत्रकार महासंघ पर्साका कावा अध्यक्ष अशोक तिवारी, प्रेस चौतारी नेपालका जीवन श्रेष्ठलगायत स्थानीय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
यसअघि हत्या गरिएको पत्रकार उमा सिंह र कालगतिले मृत्यु भएका पत्रकार महासंघ पर्साकापर्ूव सदस्य एवं नेपाल टेलिभिजनका संवाददाता प्रमानाथ शर्माको दिवंगत आत्मामा चीर शान्तिको कामनासहित १ मिनेट मौन धारण गरिएको थियो ।
फोमन पर्साका अध्यक्ष्ँ महेशचन्द्र गौतमले सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रमको संचालन फोमन पर्साका सचिव विजय भण्डारीले गरेका थिए ।
तमलोपाद्वारा दुइ घण्टा धर्ना
वीरगंज, ३ माघ/ तराइ मधेश लोकतान्त्रिक पार्टर्ीी वारा र पर्साको जिल्ला प्रशासन कार्यालयमा दुइ घण्टा धर्ना दिएका थिए ।
आज तमलोपाका जिल्ला अध्यक्ष गोवर्द्धन मेहताको नेतृत्वमा रहेको टोलीले धर्ना दिएका थिए ।
त्यसैगरी वाराको कलैयामा तमलोपाले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।
मधेशी लोकतान्त्रिक मोर्चा र सरकारवीच भएको ८ वंुदे सम्झौता कार्यान्वयनको माग गर्दै सरकारको ध्यानाकर्षाको लागि तमलोपाका कार्यकर्ताहरु धर्नामा वसेका हुन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment