उमा सिंह हत्यामा माओवादी संलग्न

Posted on
  • Jan 16, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले पत्रकार उमा सिंहको हत्यामा माओवादी संलग्न रहेको आरोप लगाएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले विभिन्न रिपोर्ट र प्राप्त पछिल्लो अनुसन्धानबाट माओवादी संलग्नताको पुष्टि हुदै गएको बताए ।
    'पत्रकार उमा सिंहको हत्यामा माओवादी संलग्नता छ,' डा.रिजालले भने,' पत्रकार महासंघको रिपोर्ट र अनुसन्धानको पछिल्लो प्रगतिबाट माओवादी संलग्नता उजागर हुदै गएको छ ।' देशमा शान्तिसुरक्षाको अवस्था ब्रि्रदै गएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाए । हत्यामा संलग्नलाई माओवादीले केन्द्रीय सदस्य बनाएर दण्डहीनालाई बढावा दिएको समेत बताए । माओवादीको कार्यशैलीले देशमा हिंसा बढेकाले अराजकहरु हामी हुनथालेको बताए ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा नेता रिजालले माओवादीले सत्ता कब्जा गर्ने उद्येश्यका साथ मनपरीतन्त्र चलाएको आरोप लगाए । उनले भने,'माओवादीको एउटै ध्येय सत्ता कब्जा गर्ने देखिएको छ ।' माओवादीको गलत गतिविधिविरुद्ध सशक्त रुपमा प्रस्तुत हुनुपर्ने बेला आइसकेको बताए । माओवादीको कार्यशैलीले संविधान निर्माणपनि प्रभावित हुनसक्ने बताए । नेकपा एमालेका केन्द्रीय सदस्य एवं संसदीय दलका उपनेता सुरेन्द्र पाण्डेले शान्तिसुरक्षाको अवस्था खलबलिएकाले सदनमा संकल्प प्रस्ताव लाने बताए । संकल्प प्रस्ताव लानेबारे नेकपा माओवादी र नेपाली कांग्रेससंग पनि छलफल अगाडि बढाइरहेको बताए । उनले भने,'शान्तिसुरक्षामा आएको चुनौतीलाई दृष्टिगत गरी संकल्प प्रस्ताव दर्ता गर्दैछौं ।'
    प्रधानमन्त्री प्रचण्डसहित सात दलको विहानको बैठकमा अराजकता नियन्त्रणबारे गम्भीर कुराकानी भएको बताए । काठमाडौंमै सुरक्षाको कमजोरी रहेको भन्दै त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुन संकल्प प्रस्ता र्दा गर्न लागेको बताए । पाण्डेले देशमा अराजकताको राज चल्ने खतरा बढेको बताए । हत्याहिंसा बढेको, लोडसेडिङका कारण थप अस्थिरताको खतरा बढेको बताए । पत्रकार उमा सिंह हत्याको भर्त्सना गर्दै थप हिंसाको खतरा रहेको बताए । लोडसेडिङको विरोध गर्ने नाममा कतिपय स्थानमा अराजक क्रियाकलाप भएकाले त्यसलाई रोक्न गम्भीर हुनुपर्ने बताए । देशलाई असफल बनाउन खोज्ने कुनैपनि षड्यन्त्रविरुद्ध एकजुट हुन दलहरुबीचको सहमतिको आवश्यकता औल्याए । एमालेले प्रधानमन्त्रीलाई पटक पटक कांग्रेसलगायतका दललाई पनि सरकारमा ल्याउन आग्रह गरिरहेको बताए । आफ्नो दल सरकार छाड्ने अवस्थामा नरहेको स्पष्ट पारे । उनले भने,'सरकार छाड्ने विषय हाम्रो बैठकको एजेण्डानै बनेको छैन ।' रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमति, सहकार्य र एकताको राजनीतिले मुलुकलाई सुदृढ, शान्त र समुन्नत बनाउनसक्ने बताए । दलहरुबीच सहकार्यबाट मात्र संविधान समयमै निर्माण हुनसक्ने उनको भनाई थियो ।

    0 comments: